२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

लेखा समितिद्वारा हुलाकी राजमार्गको अनुगमन, कामको गति बढाउन निर्देशन



अ+ अ-

काठमाडौं । संसद्को सार्वजनिक लेखा समितिको एक टोलीले वर्षौंदेखि निर्माणाधीन राष्ट्रिय गौरवका हुलाकी राजमार्गको अनुगमन गरेको छ ।

समितिको टोलीले सप्तरीदेखि राजमार्गको स्थलगत अनुगमन गरेको हो । त्यस क्रममा लेखा समितिको टोलीले राजमार्ग निर्माणको प्रगति निराशाजनक रहेको पाइएको जनाएको छ ।

मधेसको मेरुदण्डका रुपमा रहेको हुलाकी राजमार्गमा ठेक्का लिइर काम गरिरहेका निर्माण व्यवसायीको कमजोरी धेरै देखिएको समितिको निष्कर्ष छ । लेखा समितिका सदस्य प्रदीप यादवले केही कर्मचारीको लापरबाहीका कारण पनि आयोजनाको काम अघि बढ्न नसकेको बताउनुभएको छ ।

टोलीले सप्तरीका सासंद, नगरपालिका प्रमुख, गाउँपालिकाका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख, विभिन्न राजनीतिक दलका प्रतिनिधि, हुलाकी राजमार्गका आयोजना प्रमुख, निर्माण व्यवसायीलगायत सरोकारवालाहरूसँग छलफल गरि आयोजनाको काम अघि बढाउन निर्देशन दिएको छ ।