१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिनिधिसभा विघटन मुद्दाः आज देव गुरुङको रिटमाथि अन्तिम सुनुवाइ हुँदै



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलाशमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि जारी सुनुवाइमा शुक्रवार नेकपाका प्रमुख सचेतक देव प्रसाद गुरुङसहित चारजनाको निवेदनमाथि अन्तिम सुनुवाइ हुँदै छ । त्यस्तै आइतबारबाट अधिवक्ता किर्तिनाथ शर्मा पौडेल र अमिता गौतम पोखरेलको निवेदनमाथि सुनुवाइ शुरु हुनेछ ।   

शुक्रवार कृष्णभक्त पोखरेल र वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ सहिच चारजनाले बहस गर्नेछन् । सर्वोच्च अदालतमा दर्ता भएको गुरुङ समूहको निवेदन आठौं हो । निरन्तर सुनुवाई शुरु भएपछि शुक्रवार १२ औं दिन सो मुद्दामा सुनुवाई हुँदैछ । 

प्रारम्भिक सुनुवाइ गर्दै प्रधानन्यायाधीशसहित पाँच न्यायाधिशले पुस १० मा प्रधानमन्त्री र राष्ट्रपतिसँग प्रतिनिधिसभा विघटनको लिखित कारण मागेका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ मा संसद विघटन गरेकी थिईन् ।