१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपाका दुबै पक्षसँग छलफल गर्दै ‘निर्वाचन आयोग’



अ+ अ-

काठमाडौं । आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुबै (ओली र प्रचण्ड-नेपाल) पक्षसँग निर्वाचन आयोगले छलफल गर्दैछ ।

दुबै पक्षलाई छुट्टाछुट्टै पत्र लेखेर आयोगले आज बिहान ११ बजे निर्वाचन तयारी र दल दर्ता प्रक्रियाबारे छलफल गर्न बहादुर भवनस्थित कार्यालयमा बोलाएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए । आयोगले दुवै अध्यक्ष र अध्यक्षले तोकेका आधिकारिक व्यक्ति गरी ५/५ जनालाई बोलाइएको पनि प्रवक्ताले जानकारी दिए ।

नेकपाका दुबै पक्षले आधिकारिक पार्टी र पार्टी चिन्ह आफूलाई दावी गर्दै आएका छन्। तर ती निवेदनमा दुबै पक्षको दावी नपुग्ने निर्णय आयोगले गरेको थियो ।