काठमाडौं । आज नेपाली बजारमा सुनको मुल्य स्थिर छ ।
हिजो (बिहीवार) छापावाला सुनको मुल्य प्रतितोला रु ९२ हजार र तेजावी सुनको मुल्य प्रतितोला रु ९१ हजार ५ सयमा कारोबार भएकोमा आज पनि सोही मुल्यमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी गराएको हो ।
त्यस्तै चाँदीको मुल्य भने प्रति तोला रु १२ सय ८५ रुपैयाँमा कोरबार भइरहेको महासंघले जनाएको छ ।








