९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो

इजराइलमा आक्रमण गरेपछि इरानले आणविक केन्द्र बन्द गर्यो
अ अ+ अ-

संयुक्त राष्ट्रसङ्घ । इरानले सप्ताहन्त्तमा इजराइलमाथि ठूलो मात्रामा ड्रोन र मिसाइल हमला गरेपछि ‘सुरक्षाका कारण’ आफ्नो आणविक केन्द्रहरू अस्थायीरूपमा बन्द गरेको संयुक्त राष्ट्रसङ्घको आणविक निगरानी संस्थाका प्रमुखले सोमबार बताउनुभएको छ ।

राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकका क्रममा पत्रकारहरूहरूले अन्तर्राष्ट्रिय आणविक ऊर्जा ऐन्सी (आइएइए) का प्रमुख राफेल ग्रोसीलाई आक्रमाणको प्रतिशोधमा इरानी आणविक केन्द्रहरूमा इजराइली आक्रमणको सम्भावनाप्रति चिन्तित हुनुहुन्छ भनी प्रश्न गरेका थिए ।

“हामी सधैँ यसको सम्भावनाको बारेमा चिन्तित छौँ, म के भन्न सक्छु भने इरानमा आणविक केन्द्रहरूको निरीक्षण गरिरहेका हाम्रा निरीक्षकहरूलाई इरान सरकारले हिजो आइतबार सुरक्षाका कारण सबै आणविक केन्द्र बन्द रहनेछ भनेर जानकारी गराएको छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार सोमबार आणविक केन्द्रहरू पुन: खुल्नुपर्ने थियो तर निरीक्षकहरू अर्को दिनसम्म फर्कने छैनन् । ‘अत्यधिक संयमता’ अपनाउन आग्रह गर्दै उहाँले भन्नुभयो, “स्थिति पूर्ण शान्त नभएसम्म मैले निरीक्षकहरूलाई फर्कन नदिने निर्णय गरेँ ।”

दमास्कसमा आफ्नो वाणिज्य दूतावासको भवनमा भएको हवाई आक्रमणको जवाफमा इरानले आइतबार राति इजराइलमाथि तीन सयभन्दा धेरै ड्रोन र मिसाइल प्रहार गरेको थियो । दमास्कसमा भएको इजराइली आक्रमणमा इरानका दुई जनरलसहित रिभोल्युसनरी गार्डका सात सदस्य मारिएका थिए ।

इजराइल र उसका सहयोगीहरूले इरानका अधिकांश हतियारलाई खसाएको थियो र इरानी आक्रमणमा सामान्य क्षति भएको थियो तर सम्भावित इजराइली प्रतिशोधका बारेको चिन्ताहरूले पुन: क्षेत्रीय युद्धको डर उत्पन्न गरेको छ । इजराइलले पहिला पनि यस क्षेत्रमा आणविक स्थलहरू विरुद्ध कारबाही गरिसकेको छ ।

सन् १९८१ मा वासिङ्टनले विरोध गरे पनि इजराइलले सद्दाम हुसेनको इराकमा ओसिरिक आणविक रिएक्टरमा बम हमला गरेको थियो । साथै उसले सन् २०१८ मा ११ वर्षअघि सिरियामा एउटा रिएक्टरविरुद्ध उच्चस्तरको गोप्य हवाई हमला सुरु गरेको स्वीकार गरेको थियो ।

तेहरानले इजराइलमाथि सन् २०१० मा दुई इरानी आणविक भौतिकविद्को हत्या गरेको र गत वर्ष एउटा अर्को अपहरण गरेको आरोप लगाएको छ । यसका साथै सन् २०१० मा स्टक्सनेट भाइरसको प्रयोगमार्फत परिष्कृत साइबर हमलाका कारण युरेनियम संवर्धनका लागि प्रयोग गरिने इरानी सेन्ट्रिफ्युजमा शृङ्खलाबद्ध तरिकाले खराबी आएको थियो । तेहरानले यसका लागि इजराइल र संयुक्त राज्य अमेरिकालाई दोष दिएको थियो ।

इजराइलले इरानमाथि आणविक बम हासिल गर्न चाहेको आरोप लगाएको छ । इरानले उक्त आरोपलाई अस्वीकार गरेको छ ।