१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसले प्रतिनिधि सभा विघटनविरूद्ध विरोध सभा गर्दै



अ+ अ-

काठमाडौं । प्रतिनिधि सभा विघटनविरूद्ध आज नेपाली कांग्रेसले काठमाडौंमा प्रदर्शन र सभा गर्दैछ । आज  दिउँसो १ बजे प्रदर्शनसहित शान्ति बाटिकामा कांग्रेसले सभा गर्न लागेको कांग्रेसका युवा नेता गगन थापाले जानकारी दिएका छन् ।

उनले समाजिक सञ्जालमा लेख्दै आजको प्रदर्शन र सभाबारे सबैमा जानकारी गराएका हुन् । सभामा प्रमुख वक्ताहरुको रुपमा  पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेताहरू गगन थापा, पुष्पा भुसाल, प्रदीप पौडेल, उमाकान्त चौधरी, शिव हुमागाईं, भीमसेनदास प्रधान, सबुजकृष्ण बानियाँल गायत रहेको कांग्रेसले जनाएको छ।

प्रधानमन्त्री ओलीले असंवैधानिक तथा अलोकतान्त्रिक तवरले प्रतिनिधि सभा विघटन गरेकोले उक्त कदम सच्चिनुपर्ने कांग्रेस नेताहरूले बताउँदै आएका छन्। प्रतिनिधि सभा विघटन मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ।