१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा

गन्तव्य गोसाइँकुण्ड, पृथ्वीको एउटा स्वर्ग (भिडियो सहित)

गन्तव्य गोसाइँकुण्ड, पृथ्वीको एउटा स्वर्ग  (भिडियो सहित)
अ अ+ अ-

यात्रा शुरु गर्दा हुने एक किसिमको अत्यारले हामीलाई सबेरै बिउँझायो । यतिखेर काठमाडौं खाल्डो भने तातो सिरकभित्रै गुम्सिरहेकै छ । कवि भूपी शेरचनबाट चिसो एस्ट्रेको उपमा पाएको काठमाडौंको चिसोलाई चुनौती दिएरै हामी घरबाट निस्कियौँ । त्यसो त हरेक यात्रा नयाँ चुनौती नै हो । त्यसलाई आफैले अवसरमा बदल्न सक्नुपर्छ ।   
कचौरा आकारको यो काठमाडौँभित्र अहिले चिसो मात्र छैन, सास नै प्रदुषित बनेको छ । धुलो धुवाँमा घोलिएको काठमाडौँको यही हावा हो हाम्रो अक्सिजन । त्यसैले त हाम्रो सास पनि प्रदुषित छ । प्राणवायु नै प्रदुषित लिएर बसिरहेका छौँ हामी ।   


विहान ६ बजे बालाजु माछापोखरी पुग्दा हाम्रो यात्राको साधन टाटा सुमो गुड्न तम्तयार थियो । अनि यात्राका लागि तयार थियौँ हामी नौ जवान । सायद यो उकुसमुकुसले सताइएका हामी गोसाइँकुण्डको स्वच्छ सासको कल्पनामा डुबिसकेका थियौँ, यसैले यात्राका लागि भेला भइसकेका थियौं । यतिञ्जेल हाम्रो एउटा खुट्टा उतै पुगिसकेको थियो । 
काठमाडौँलाई बाइबाइ गर्दै टाटा सुमो गुड्यो । धादिङको गल्छी हुँदै हामी त्रिशुली पुग्यौँ । त्रिशुलीमै खायौँ विहानको खाजा । त्यहाँको मौसम भने झनै चिसो थियो । तर यसो बाहिर हेर्दा वातावरण खुल्लै थियो, यहाँको जस्तो उकुुसमुकस लाग्ने कुरा भएन ।  
त्रिशुलीपछि कच्चि साँघुरो बाटो कालिकास्थान हुँदै लाङलाङ निकुञ्ज प्रवेश गर्यौँ । गाडिभित्र उफ्रिँदै र पाफ्रिँदै धुन्चे पुग्यौँ । धुन्चे समुद्र सतहदेखि १९५० मी उच्चस्थानमा अवस्थित छ । 
हतारमा यात्रा गर्दा छुटेका सावन मञ्जन लगायतका सामान र भरिपरिआउँदा चाहिने ओखतीजन्यवस्तुले झोला भरियो । त्यसपछि पैदल यात्रको साहारा भनेर बीस रुपैयाँ तिरेर लौरो पनि  किनियो । त्यसपछि शुरु भयो हाम्रो पैदल यात्रा । 


धुन्चेको धुलौटे बाटोबाट शुरु भएको हाम्रो पैदल यात्रा चन्दनबारी पुग्दा झमक्क साँझ परिसकेको थियो । त्यहाँ दुग्ध विकास संस्थान प्रशोधन केन्द्रसँगै अवस्थित होटेल रेड पाण्डा हाम्रो बास बस्ने तय भयो र लाङटाङ निकुञ्ज सुरक्षामा खटिने सुरक्षाकर्मीहरुसँग बाक्लो कुराकानी तथा यात्रा गर्ने स्थान निकुन्ज क्षेत्र पर्ने हुनाले गर्न हुने नहुने विषय बस्तुबारे बाक्लो कुराकानी गरी बेलुकाको खाना खाइवरी सुतियो ।
भोलिपल्ट विहानै हल्का चिसो स्याँठ चलिरहेको थियो । तात्तातो ‘बेड टी’ को अपेक्षा त थियो नै तर यतिखेर भने हामी पैदल यात्रा हौँ । अब यात्रा तय गर्नुछ ।  चियाले ज्यानलाई तताउने चेस्टा गरयो । साथमा लगेको सातु पनि मिसाइयो । गज्जबको अर्गानिक नास्ता । त्यसो त हामी अर्गानिक क्षेत्रमा प्रवेश गरिसकेका थियौँ, यो पाउरोटी होइन मकै चल्ने ठाउँ हो, किनभने यो बनावटी काठमाडौँ होइन । 


त्यसपछि एक घण्टाजति हिँडेर चोलनपट्टि पुगियो । यहाँपुग्न पुग्न भने खासै कठिन थिएन । त्यहाँबाट थप २÷३ घण्टाको ठाडो उकालोपछि लौरी बिना पुगियो । यो बाटो र जहाँ लेक लाग्ने सम्भावन पनि हुने रहेछ । यहाँबाट देखिने माछापुच्छ्रे हिमाल र अन्नपूर्ण हिमश्रृंखला, गणेश हिमाल र मनास्लु लाङटाङ हिमालको त के कुरा गरौँ र ? यो दृश्यको बयान गर्ने सायद मसँग शब्दहरु नै छैनन् । अनि पारी तिब्बतर चिनको केरुङ बजार र तिब्बती हिमालहरुसमेत देखिने रहेछ । त्यता फर्किँदा भन्दा पनि यता नेपाली हिमशृंखलाहरुले तानेको आँखाहरु टक्क अडिने । त्यो दृश्य छोडेर सायदै कोही मानिसका आँखा त्यहाँबाट बाहिर निस्किन मान्लान । मेरा आँखा पनि त्यसै भन्दै थिए । 


त्यसपछि विस्तारै देखिँदै गयो मनछुने बाघकुण्ड, भैरब कुण्ड र त्यसपछि  गोसाइँकुण्ड । यी हाम्रो यात्राका यस पटकका अन्तिम गन्तव्य नै थिए ।  । गोसाइँकुण्डलाई वरिपरि हिउँ निख्रिएका काला पहाडले घेरेको थियो । लाग्छ अहिले विश्वमा जलवायु परिवर्तनको कोलाहल साँचो पनि हो । किनभने नजिकै पुगेर यसो हेर्दा पनि बीच भागमा थोरै पानी देखिए पनि बाँकी सबै बरफ भइ बसेको छ, हिउँ निथ्रिएर पत्थरहरु कालो बन्दै गएका छन् । यही हिसाबले पग्निले हो भने हाम्रो पुस्ताले यो दुर्लभ दृश्य देख्न पाउला नपाउला । भगवान शिवले विषको पीडा शान्त परेको त्यही गोसाइकुण्डमा आज हामीले पनि आफ्नो यात्राको थकानलाई शान्त पार्ने प्रयत्न गरिरहेका छौँ । 


उत्साहले भरिएर त्यहाँ नाच्ने र खेल्ने पनि गर्यौँ । किनभने मानिसले आफ्नो हर्ष र रमाइलोको अदुभुत अनुभूति शब्दले मात्र व्यक्त गर्न सक्दो रहेनछ । त्यो रमणीयतालाई शरीरका सबै अवयवले व्यक्त गर्ने क्रममा नाच्न, हास्न, गाउन, र रमाउन आइ नै हाल्दछ । त्यसपछि सोहि दिन नजिकैको होटलमा खाना खाइवरी चन्दनबारीमा बास बस्यौँ र भोलिपल्ट १० बजे धुन्चे पुग्यो । त्यसपछि सोही दिन साँझ ५ त्यही काठमाडौँ खाल्डोमा फिर्ता भइयो । र आज पनि मनबाट त्यो रमाइलो गएको छैन, बयानको क्रम जारी नै छ । यसपालि यहाँ पनि यति नै व्यक्त गर्ने समय मिल्यो ।