• ७ जेष्ठ २०८१, सोमबार
  •      Mon May 20 2024
  •   Unicode
Logo
Latest
★   कोलकाता र राजस्थानबीचको खेल वर्षाका कारण रद्द, राजस्थान र आरसीबी एलिमिनेटरमा भिड्ने ★   म्यान्चेस्टर सिटीलाई लगातार चौंथो पटक प्रिमियर लिगको उपाधि ★   बिआरआई कार्यान्वयन योजना अन्तिम चरणमा ★   ख्वप तिलगङ्गा आँखा अस्पतालद्वारा सेवा आरम्भ ★   वरिष्ठ आर्थिक पत्रकार बुढाथोकीलाई ‘मिडिया प्वाइन्ट सम्मान’ प्रदान ★   एमाले र रास्वपाबीच सहकारी र गिरिबन्धु टिस्टेट प्रकरणमा मिलेर जाने सहमति छ: गगन थापा ★   गृहमन्त्री लामिछानेले संसदमा दिएको अभिव्यक्ति टेलिभिजन प्रश्तोताका जस्तो भयो: गगन थापा ★   प्रतिनिधिसभा बैठक भोलि बस्नेगरी स्थगित ★   सहकारी प्रकरणमा मेरो कुनै संलग्नता छैनः रवि लामिछाने ★   ‘अर्को दलको सांसदलाई सदनमा बोल्न दिने कि नदिने निर्णय गर्नु कुन लोकतन्त्र हो ?’

नेकपा एस फुटको सङ्घारमा !



काठमाडौं: माधव नेपालको अध्यक्षतामा रहेको नेकपा (एकीकृत समाजवादी) फुटको संघारमा पुगेको छ ।

पार्टीमा धेरै समयदेखि असन्तुष्ट देखिएका प्रेमकुमार आले, किसान श्रेष्ठ, धनबहादुर बुढा, अमर थापा, मेटमणि चाैधरी समेतका छ जना सांसद मिलेर नयाँ दल खोल्ने तयारी छ । उनीहरुले भोलि मंगलबार नै निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारी भै रहेको एक नेताले जानकारी दिनु भयो ।

पार्टी अध्यक्ष माधव नेपालको पक्षमा सांसदहरु राजेन्द्र पाण्डे, प्रकाश ज्वाला र भानुभक्त जोशी मात्र रहने छन् ।

वर्तमान सत्ता गठबन्धनमा माधव नेपालले निरन्तर असहयोग रहेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री प्रचण्डले माधव नेपालको विकल्प खोजेको बताइएको छ । माधव नेपालको पक्षमा देखिएका नेताहरुले गठबन्धनको मर्म विपरीत सुदुरपश्चिममा कांग्रेससँग मिलेर सरकार बनाउन दबाब दिएका छन् ।

उनीहरुले माधव नेपालको सट्टामा सरकारमा तमलोपा र जनमत पार्टीलाई सरकारमा सहभागी गराउने अन्तिम तयारी गरेका थिए ।