१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो

बसाइँसराइको प्रभावले वन डढेलो बढ्दो
अ अ+ अ-

बलेवा । डोकोभरि स्याउला बोकेर जङ्गल हुँदै घर हिँडेका गोठाला आजभोलि गाउँघरमा देखिँदैनन् । कुनै समय गोठमुनि खात लाग्ने मलखात स्याउला आजभोलि गाउँ छेउको पाखोबारीमै खात लागेको छ । नजिकैको जङ्गलबाट झरेर आउने स्याउला कसैले टिप्दैनन् । गाउँघरमा पशुचौपाय पाल्नेको सङ्ख्या घट्दै जाँदा बाँझो बारीको घाँस सुकेको छ । चैत/वैशाखकको घामले सुकेका स्याउला, झाडी र घाँसकै कारण आगलागीका घटना बढिरहेका छन् ।

यो वर्षको सुक्खायाम सुरु भएपछि बागलुङका वनक्षेत्रमध्ये ५० प्रतिशतमा आगलागी भइसकेको छ । पाखोबारी, घरछेउका जङ्गल र झाडीबाट सुरु भएको आगो घना वनक्षेत्रसम्म फैलिएका घटना डिभिजन वन कार्यालयमा सूचीकृत छन् । आगलागी हुने प्राकृतिक विपत्ति हो तर आगलागी भइसकेपछि नियन्त्रणमा लिने जनशक्ति गाउँघरमा छैनन् ।

“हिजो मल बन्ने पातपतिङ्गर आज आगलागीका कारण भएरहेका छन्, खेती हुने जमिनमा घाँस र झाडी फैलिँदै जङ्गलमा लागेको आगो घरसम्मै आइपुग्छ”, डिभिजन वन कार्यालयका अधिकृत सरोज पन्थीले भन्नुभयो, “बसाइँसराइका कारण गाउँ खाली हुँदा आगलागीका घटना बढे, आगो समयमा निभाउनसक्ने जनशक्ति पनि छैन् गाउँमा ।”

पातपतिङ्गरको उपयोग बढाउने, समयसमयमा झाडी फँडानी गर्ने र पानीका स्रोत बढाउने हो भने आगलागीका घटनामा कमी आउनेमा सामुदायिक वनका उपभोक्ता सहमत छन् ।

“जङ्गलमा लागेको आगो निभाउन सकिन्थ्यो तर हामीसँग पर्याप्त पानीका स्रोत तथा आगो निभाउने औजार छैनन्”, रामरेखा सामुदायिक वनका उपभोक्ता कृष्ण शर्माले भन्नुभयो, “नियम बनाएर तीन/तीन महिनामा झाडी फँडानी गरौँ, पातपतिङ्गरलाई मलको रुपमा विकास गरौँ । यसमा राज्यले सहयोग गर्नुपर्दछ ।”

कतिपय आगो मानवीय क्रियाकलापमा हुने त्रुटिबाट डढेलो बन्छ भने कतिपय ठाउँमा नियतबस् आगो लगाइन्छ । नियतबस आगो लगाउनेलाई कारबाही गर्ने कानूनी व्यवस्था भए पनि सूचनाको अभावमा आगलागी जस्तो आपराधिक घटनामा संलग्न कानुनको दायरामा नआउने प्रहरी उपरीक्षक ऋषिराम कँडेलले बताउनुभयो ।

“घर छेउको जङ्गलमा आगो लाग्दा सबै रमिते हुन्छन् । प्रहरी आएन भनेर आलोचना गर्छन् तर समयमा सूचना दिँदैनन्”, उहाँले भन्नुभयो, “आगलागी गर्ने व्यक्तिका विषयमा सूचना पाए कारबाही हुन्छ । यो कुरा अरुका लागि पनि सिकाइ हुन्छ ।” आगो निभाउनका लागि सूचना ढिलागरी आउँदा जोखिमपूर्ण अवस्थामा बिना बजेट र औजार आगोसँग प्रहरी खेल्नु परेको गुनासो कँडेलले गर्नुभयो ।

घाँस राम्रो पलाउने, जङ्गली जनावर तथा पन्छीहरुको सहजै सिकार गर्न पाइने लोभका कारण मानव सिर्जित आगलागी बढेको राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशिल आयोजना पोखराका अधिकृत सुनिल सापकोटाले बताउनुभयो । पश्चिमाहरुको सिको गरेर झाडीमा आगो लगाउँदा वन मासिएको उहाँको भनाइ छ ।

वनजङ्गल, जडीबुटी र वातावरण संरक्षणका विषयमा जनचेतनाको अभावले आगलागीका घटना बढेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।

पोखरी, कुवालगायत पानीका स्रोत मासिनु, झाडी तथा बुट्यान क्षेत्र बढ्नु र मानिसमा चेतनाको अभाव हुनुलगायत कारणले प्रत्येक वर्ष घटना दोहोरिने गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गल बरालले बताउनुभयो । उहाँका अनुसार जिल्लामा ढोरपाटन शिकार आरक्ष, तीन राष्ट्रिय वन क्षेत्र र पाँच सय ४० सामुदायिक वन तथा दुई वटा निजी वन छन्भने कयौँ हेक्टरमा सूचीकृत भइनसकेको निजी वन क्षेत्र छ ।

उपभोक्ता र सरोकारवालालाई तालिम

डिभिजन वन कार्यालय आयोजना र राष्ट्रिय प्रकृति संरक्षण कोष गण्डकी जलाधार, जलवायु उत्थानशील आयोजनाको सहयोगमा वन डढेलो व्यवस्थापनसम्बन्धी एकदिने तालिम सम्पन्न भएको छ ।

बढ्दो डढेको नियन्त्रणका लागि सामुदायिक वनका उपभोक्ता तथा सरोकारवालाका लागि डढेकोका कारण मानव जीवन र वातावरणमा परिरहेको प्रभाव तथा डढेको नियन्त्रका लागि अपनाउनु पर्ने सतर्कताका विषय तालिममा जानकारी गराइएको थियो । साथै कार्यालय परिसरमा आगो नियन्त्रणको अभ्यास पनि गराइएको थियो । रासस