१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत: राष्ट्रपति

विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत: राष्ट्रपति
अ अ+ अ-

डुम्रे । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताउनुभएको छ ।

विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रममा उहाँले राजनीतिक परिवर्तनको सफलतासँगै संविधानसभाबाट नेपाली जनताले पाएको संविधान र हामीले रोजेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रको मर्म नै शान्त, सुखी र समुन्नत नेपाल भएको बताउनुभयो ।

“यसका लागि पहिलो शर्त भनेको सुशासन र जनउत्तरदायी लोककल्याणकारी सरकार हो, जनताको आकाङ्क्षाबमोजिमको सुशासन, विकास र रोजगारीका लागि राजनीतिक दल र सरकारले गरेको प्रतिबद्धतालाई साकार रुप दिन अनिवार्य छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

सेनवंशी राजा त्रिविक्रम सेनदेखि नै शाहकाल, राणाकाल र पञ्चायतकालासम्म उपेक्षित रहँदै आएको तनहुँसुरडाँडामा ऐतिहासिक सम्पदा र स्मारकहरु लुकेर रहेको चर्चा गर्दै उहाँले तिनको खोजी, संरक्षण र प्रकाशमा ल्याउनु आफूहरूको प्रमुख दायित्व भएको धारणा व्यक्त गर्नुभयो ।

“अहिले तनहुँसुरलाई चुँदी र दमौली तिरबाट पक्की बाटोले जोड्ने काम पनि भइरहेको छ, तनहुँलाई लक्षित गरी दक्षिणतिर भगवती रङ्गपथबाट पनि पक्की बाटो पनि बन्दैछ, हिजोको असुविधा र विकटता हट्दै छन्”, उहाँले भन्नुभयो ।

इतिहासको विविध कालखण्डमा आफ्नै किसिमको महत्व बोकेको तनहँुसुरको ऐतिहासिक कालमा मात्र नभई मुलुकमा राजनीतिक परिवर्तनको सन्दर्भमा गौरवपूर्ण भूमिका रहेको उहाँले उल्लेख गर्नुभयो । उहाँले मुलुकका राजनीतिक परिवर्तनका लागि २००७ सालको जनक्रान्तिको प्रारम्भसमेत यस जिल्लामा यसै ठाउँबाट गरिएको स्मरण गर्नुभयो ।

त्यतिखेर बन्दीपुरमा भएको सङ्घर्षमा राणा फौजको गोली लागेर छ सपुतहरू धर्मध्वज गुरुङ, धर्मराज श्रेष्ठ, उत्तरकुमार श्रेष्ठ, सन्तबहादुर रानामगर, चन्द्रबहादुर सार्की ९नेपाली० र खड्गबहादुर गोदारले सहादत प्राप्त गरेका थिए । विसं २०१८ मा धेरै सहिद भएमध्ये बुद्धसिंह रानामगर यसै क्षेत्रको भएको उहाँले उल्लेख गर्नुभयो ।

“म ती सहिदप्रति यसअवसरमा सम्मान अर्पण गर्दछु, यसरी देशका लागि प्राण आहुति दिने सहिद र सहिदका परिवारप्रति राज्यले गर्नुपर्ने दायित्य अझै पूरा हुन बाँकी छ”, उहाँले भन्नुभयो ।

आफ्नो राजनीतिक जीवनको अन्यन्त कठिन सङ्घर्षका दिनमा यस क्षेत्रबाट प्राप्त गरेको सद्भाव र २०४६ को परिवर्तनपश्चात् सम्पन्न आम निर्वाचनहरूमा प्राप्त जनविश्वासवाट यसै क्षेत्रको प्रतिनिधिको हैसियतले संसद्मा प्रतिनिधित्व गर्ने शुभअवसर मिलेको तथा शान्ति प्रक्रियादेखि संविधान निर्माणमासमेत योगदान दिने अवसर प्राप्त भएको उहाँले स्मरण गर्नुभयो ।

“यसका निमित्त म यस जिल्लाका जनताप्रति सदैव कृतज्ञ छु र अहिले मुलुकको संविधानको संरक्षकका हैसियतले तपाईंहरूबीच यस कार्यक्रममा आउने अवसर पाउँदा मलाई गर्वको अनुभूति भएको छ, यो सबै तपाईंहरूकै शुभेच्छा एवं सद्भाववाट सम्भव भएको हो भन्ने मैले ठानेको छु र यसप्रति म आभार व्यक्त गर्न चाहन्छु”, उहाँले भन्नुभयो ।

सेन राज्यकालीन तनहुँसुर तत्कालीन राज्य सञ्चालनको केन्द्र मात्र नभई संस्कृत, मैथिली, भोजपुरी र फारसी भाषाका विद्धानहरूको बौद्धिक केन्द्रसमेत रहेको पाइन्छ । खासगरी चुँदी उपत्यकामा संस्कृत विद्वानहरूको ख्याति काशीनगरी ९भारत० सम्म फैलिएको इतिहासमा उल्लेख छ ।

त्यही शैक्षिक एंव विद्वत् परम्परामा आदिकवि भानुभक्त आचार्यको जन्म भएको र नेपालीभाषी जगतमा प्रसिद्धि फैलिएको थियो । यसैलाई उजागर गर्दै चुँदी–रम्घामा भानु साहित्य उद्यानको बृहत योजना प्रारभ गरिएको तथा दमौलीमा वेदव्यासको एक सय आठ फिट अग्लो विशिष्ट शैलीको मूर्ति निर्माण भइरहेको, पर्यटकीय नगरी बन्दिपुर र तनहँुसुरमा सहिद पार्कको निर्माण आदिबाट तनहुँमा पर्यटनका विविध गन्तव्यको विकास हुन लागि रहेको स्पष्ट झलक मिलेको उहाँले बताउनुभयो ।

“पछिल्लो समयमा बन्दिपुर, दमौली, मानुङलगायतका धार्मिक, ऐतिहासिक र सांस्कृतिक क्षेत्रसँगै ऐतिहासिक तनहुँसुर पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गएको छ, पृथ्वीराजमाार्ग हुँदै प्रसिद्ध पर्यटकीय नगरी पोखरा पुग्ने स्वदेशी विदेशी पर्यटकलाई तनहुँसुरलगायतका जिल्लाका विभिन्न क्षेत्रको भ्रमण गर्न आकर्षित गर्नुपर्ने आवश्यकता छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।

उहाँले यस क्षेत्रमा नेपाल सरकार वन मन्त्रालयले ‘भानुप्राणी उद्यान’ योजनासमेत अगाडि सार्नु प्रशंसनीय रहेको तर कार्यान्वयन पक्ष ढिलो भएको हुँदा यसप्रति सम्बन्धित निकायको ध्यान जाने र यो योजनाले साकार रुप लिने नै छ भन्ने विश्वास व्यक्त गर्नुभयो ।

देशकै गौरवका योजनामध्ये एक तनहुँ जलविद्युत् योजना हाम्रो धेरै प्रयासपश्चात् आएको हो र अहिले कार्यान्वयनको चरणमा छ भन्दै उहाँले अर्को योजना तल्लो सेती जलविद्युत् परियोजना प्रारम्भ हुने चरणमा पुगेको उल्लेख गर्नुभयो ।

“यस्ता आयोजनासँगै जोडिएको तनहुँसुर सम्पदा क्षेत्र जस्ता पिछडिएका क्षेत्रमा अधिकारिक विकासको प्रतिफल पुर्‍याउनुनै तीनै तहका सरकारको लक्ष्य हुनुपर्दछ”, राष्ट्रपति पौडेलले भन्नुभयो, “विगतमा तनहुँसुर आफैँमा एउटा प्राकृतिक किल्ला थियो, यसको ऐतिहासिक र रणनीतिक महत्व पनि छ, सिङ्गो नेपाल यस्तै रणनीतिक महत्वमा अडिएको र बाँचेको छ, यस्तै प्राकृतिक अवस्थाले नेपालललाई बचाएको छ ।”

त्यस अवसरमा गण्डकी प्रदेश सरकारका बिना विभागीय मन्त्री हरिबहादुर चुमानले यहाँ विकासले गति लिएको भन्दै  स्थानीय फर्किने अवस्था पनि बन्दै गएको बताउनुभयो । तनहुँसुर–खड्गकाली मार्ग पूर्णरूपमा बन्नुपर्ने उहाँको भनाइ थियो । गण्डकी प्रदेशको प्राथमिकता पर्यटन भए पनि बजेट अभावमा काम हुन नसकेको उहाँको भनाइ थियो ।

गण्डकी प्रदेशका प्रदेशसभा सदस्य अशोककुमार श्रेष्ठले खड्गकाली मन्दिरको विकासलाई प्रदेश सरकारबाट बजेट विनियोजन भएको जानकारी गराउनुभयो । उहाँले मन्दिर तथा तनहुँसुर दरबारसम्म सहज रूपमा आवतजावतका लागि तनहुँसुर–खड्गकाली सडक खण्ड निर्माणका लागि बजेट विनियोजन भएको बताउनुभयो ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ऐतिहासिक तनहुँसुरको संरक्षणमा जोड दिनुभयो । विकास निर्माणका काम भइरहेको भन्दै उहाँले तनहुँले अभिभावकत्व खोजिरहेको उल्लेख गर्नुभयो । रासस