२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हङकङद्वारा नेपाललाई ११५ रनको झिनो लक्ष्य



अ+ अ-

काठमाडौँ । एसीसी प्रिमियर कपमा हङकङले नेपाललाई जितको लागि ११५ रनको झिनो लक्ष्य दिएको छ ।

ओमनको अल अमरेत क्रिकेट–१ मा टस हारेर पहिला ब्याटिङ​को निम्तो पाएको हङकङले १७.५ ओभरमा सबै विकेट गुमाएर ११४ रन बनायो ।

हङकङका अंशुमन रथले सर्वाधिक ३४ रन बनाए । उनले २६ बलमा ४ चौका र १ छक्का हिर्काए । जिशान अलीले १४, निजाकत खानले १२ र एहसान खानले ११ रन बनाउनु बाहेक हङकङका कुनै पनि खेलमडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपालका लागि अभिनाश बोहोराले ३ विकेट लिए । ललित राजवंशीले एक मेडनसहित २ विकेट लिए । दीपेन्द्रसिंह ऐरीले अन्तिम २ बलमा २ विकेट तथा करण केसीले १ विकेट लिए।

नेपालले केहिबेरमा जवाफि ब्याटिङ​ गर्नेछ । आजको खेल जिते नेपाल समूह विजेता पनि बन्दै सेमिफाइनल पुग्ने सम्भावना रहेको छ।