१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन

बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिष्ट पार्क सञ्चालन
अ अ+ अ-

तनहुँ । पर्यटन पूर्वाधारयुक्त केवलकार परियोजना (बन्दीपुरहिल) अन्तर्गत बन्दीपुरमा अन्तर्राष्ट्रियस्तरको अत्याधुनिक रेष्टुरेन्ट ‘ड्राइभ इन’ सञ्चालनमा आएको छ । बन्दीपुर–४ स्थित केबलकारको बटम स्टेसनमा निर्माण गरिएको अन्तर्राष्ट्रियस्तरको रेष्टुरेन्ट र टुरिस्ट पार्क एकैसाथ सञ्चालनमा आएको हो ।

यही वैशाख १ गते बैद्धिक पूजाविधिअनुसार वास्तुपूजा गरी पञ्चकन्याले रेष्टुरेन्ट ‘ड्राइभ इन’ र बन्दीपुरहिल बटम स्टेसनस्थित टुरिष्ट पार्कको उद्घाटन गरेका हुन् ।

उद्घाटनका अवसरमा केबलकारकोसमेत विधिवत्रुपमा पूजा गरी शुभारम्भ गरिएको कम्पनीका इञ्जिनियर सुप्रियो मण्डलले जानकारी दिनुभयो । उहाँका अनुसार पाँच वर्षअघिदेखि ५६ रोपनी क्षेत्रफलमा निर्माण गरिएको पार्क र रेष्टुरेन्ट व्यावसायिकरुपमा सञ्चालनमा आएका छन् ।

केबलकार केही समय आन्तरिक प्रयोजनका लागि मात्र प्रयोग गर्नेगरी सञ्चालन ल्याइएको मण्डलले बताउनुभयो । सर्वसाधरणका लागि भने चाँडै मिति तोकेर खुला गरिने परियोजना कार्यालयले जनाएको छ ।

बन्दीपुरहिलअन्तर्गतका टुरिष्ट पार्क र रेष्टुरेन्ट भने सर्वसाधारणका लागि पूर्णरुपमा खुला गरिएका छन् । यहाँ आउने पर्यटकले बिना कुनै अवरोध मनोरञ्जन लिनसक्ने कम्पनीका उपाध्यक्ष किरण पोख्रेलले बताउनुभयो । उहाँका अनुसार मनमोहक टुरिष्ट पार्कमा आकर्षक संरचनासँगै चट्टानमा बनेका शिव मन्दिर, गणेश स्वरुप छन् भने फुटपाथमाथि ३३ देवीदेवताका मूर्ति निर्माण गरिएका छन् ।

चट्टानमा उल्लुको मूर्ति भगवान् बुद्धको प्रतिमा, सूर्यनारायण भगवान्को वायुयान, विशाल कैलाश पर्वत र भगवान् शिवको प्रकट रुप, भगवान् विश्वकर्माको मूर्तिका साथै जङ्गली जनावरको सङ्ग्रहालय, हात्ती, गैँडा, जिराफ, जेब्रा, जरायो, बाघलगायत जनावरका मूर्ति, स्थानीय घर र दैनिक प्रयोग हुने सामग्रीहरुसहितको सङ्ग्रहालयसमेत रहेका पोख्रेलले जानकारी दिनुभयो ।

निकै आकर्षक दाबी गरिएको उक्त टुरिष्ट पार्क रु ८६ करोडको लागतमा निर्माण सम्पन्न गरिएको वित्तीय निर्देशक शिवप्रसाद शर्माले जानकारी दिनुभयो । यस पार्कमा प्रवेश गर्नका लागि प्रतिव्यक्ति रु दुई सय, मोटरसाइकल रु तीन सय, ट्याक्सी रु पाँच सय, माईक्रो बस रु एक हजार तथा ठूला बसका लागि रु एक हजार पाँच सय टिकट मूल्य तोकिएको उहाँको भनाइ छ ।

कम्पनीले अफरका रुपमा जतिको टिकट छ त्यो बराबरको नै रेष्टुरेन्टमा सेवा लिन सक्नेगरी गिफ्ट भौचरको व्यवस्था गरेको रेष्टुरेन्टका प्रबन्धक प्रकाश श्रेष्ठले बताउनुभयो । बन्दीपुरहिलअन्तर्गत पाँचतारे होटल, नवीन टावर, स्काई डाइनिङ, फ्लाई डाइनिङ, स्काई वार, हेल्थ क्लब, ग्राउण्ड डाइनिङ, एक हजार क्षमताको बैङ्क्विट हल, सुभिनार सप, स्काई वाल्क, एज वाल्क, ग्लास वाक थु्र, जिपलाइन, बन्दिपुर–सिद्धगुफा चियर लिफ्टलगायत साहसिक पर्यटकीय मनोरञ्जनका पूर्वाधार समेटर ‘बन्दीपुरहिल’ ब्राण्डमा परियोजना अगाडि बढाइएको उहाँले जानकारी दिनुभयो ।

उक्त परियोजनाको कूल लागत रु छ अर्ब २९ करोड पुग्ने जनाइएको छ । सबै पूर्वाधार आगामी दुई वर्षभित्र सम्पन्न भई सञ्चालनमा आउने कम्पनीले जनाएको छ । रासस