१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो: ओली

सुदूरपश्चिममा एकीकृत समाजवादीले अराजनीतिक निर्णय गर्‍यो: ओली
अ अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिममा नेकपा (एकीकृत समाजवादी)ले अराजनीतिक निर्णय गरेको बताएका छन् ।

एमाले संसदीय दलको बैठकमा बोल्दै ओलीले सुदूरपश्चिम प्रदेश सरकार गठनमा एकीकृत समाजवादीले कांग्रेस गठबन्धनलाई साथ दिएर दक्षिणपन्थी अवसरवादी चरित्र देखाएको बताए ।

राजनीतिक समीकरण परिवर्तन गरेर मुलुक र जनतामा आशाका किरण फर्कन लागेका बेला एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र देखाएर निराशा थप्ने काम गरेको बताए । उनले भने, ‘हिजो मात्रै एस भन्ने पार्टी छ । त्यस पार्टीले हामीसँग हुँदा पहिलो कार्यकाल नाउपालाई मुख्यमन्त्री दिन नसक्ने । तर कांग्रेससँग नजिक भएर जाँदा नाउपालाई दिन सक्ने भनेर अराजनीतिक निर्णय लियो । जसले गर्दा सही दिशामा राजनीति फर्कँदै थियो त्यसबेला निराशा पैदा हुने गरी कदम चाल्यो ।’

आन्तरिक रुपमा नेकपा एसको बोली र व्यवहार बार्गेनिङ गर्ने खालकै भएको उनले बताए । उनले भने, ‘सुदूरपश्चिममा दक्षिणपन्थी अवसरवादी चरित्र प्रकट भयो । कम्युनिस्ट बोर्ड राख्ने काम चाही विदेशीको हितमा काम गर्ने गरेको देखियो । तर यसले केही फरक पार्नेवाला छैन ।’