१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा News Polar दोधारा–चाँदनी झोलुङ्गे पुल सुदूरपश्चिम प्रदेशको धरोहर होः मुख्यमन्त्री भट्ट News Polar पाँच देशका राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र प्रस्तुत News Polar लोककल्याणकारी विज्ञापनको दर वैज्ञानिक र विधिसम्मत आधारमा निर्धारण गरिएको छ : सञ्चारमन्त्री तिमिल्सिना News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की

सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण

सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने भन्दै प्रधानमन्त्रीलाई प्राज्ञिक समूहको ध्यानाकर्षण
अ अ+ अ-

काठमाडौं । प्राध्यापक एवं प्राज्ञिक समूहले सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्ने बताएका छन् ।

सोमवार त्रिभूवन विश्वविद्यालयमा योग्यताको आधारमा उपकुलपतिले आफ्नो समूह बनाउने व्यवस्था मिलाइदिएको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई धन्यवाद व्यक्त गर्दै उनीहरुले यस्तो आग्रह गरेका हुन् । उनीहरुले विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरुमा राजनीतिको गन्ध आउन दिनु नहुने बताए ।

प्रधानमन्त्रीलाई भेटेर धन्यवाद ज्ञापन गरेसँगै सञ्चारकर्मीहरुसँग कुरा गर्दै त्रिभूवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले सबै राजनीतिक दलहरुले विश्वविद्यालय र प्राज्ञिक संस्थामा राजनीतिक अन्त्य गर्नुपर्ने बताउनु भयो । उहाँले कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण, हस्तक्षेप र खेलवाड हुनेछैन भनेर राजनीतिक दलहरुले प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘हामीले त्रिभूवन विश्वविद्यालयमा जुन किसिमको भिसीले जुन किसिमको टिम बनाउन चाहनुभएको छ, त्यो बनाउन सहज गरिदिनु भयो, प्रधानमन्त्रीले त्यसको लागि धन्यवाद दियाँै । विश्वविद्यालय र सबै शैक्षिक संस्थाहरुमा राजनीतिकरण अन्त्य हुनुपर्छ, कुनै राजनीतिक गन्ध आउनुभएन । त्यसका लागि अरु राजनीतिक पार्टीहरुलाई पनि बोलाएर होला, छलफल गरेर प्रतिवद्धता जनाउनु पर्छ । कुनै शैक्षिक संस्थामा पनि राजनीतिकरण हुँदैन, हस्तक्षेप र खेलवाड हुने छैन भनेर निवेदन गरेका छौँ ।’

प्राध्यापक डा. अर्जुन कार्कीले विश्वविद्यालयको र प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता,क्षमता र प्रतिवद्धताकै आधारमा छान्नुपर्ने बताउनु भयो । उहाँले दलीय निकटताको हिसावले नभएर योग्य मानिस र क्षमतावान मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुने धारणा राख्नुभयो । उहाँले विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्वपूर्ण पक्ष भएको बताउनु भयो । उहाँले विश्वविद्यालय र प्राज्ञिक संस्थाहरुमा भएको पाठ्यक्रममा समयानुकुल परिवर्तन, रुपान्तरण र शिक्षकहरुलाई आकर्षित गर्न टिकाउने, अनुसन्धानको क्रियाकलापमा संलग्न गराउनेदेखि क्याम्पसको परिसरभित्र प्राज्ञिक संस्कृति, बौद्धिक वातावरण निर्माण गर्ने कुरामा ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले विश्वविद्यालयमा प्रमुख व्यक्ति मात्रै राम्रो ल्याएर सबै पक्षको सुधार हुन्छ भन्ने अपेक्षा गर्नु नहुने भन्दै समग्रतामा हेर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अब यो विश्वविद्यालयको हाम्रो प्राज्ञिक क्षेत्रको सुधारका लागि राजनीतिक नेतृत्वले विश्वविद्यालयको नेतृत्व चयन गर्दा योग्यता,क्षमता र प्रतिवद्धताकै आधारमा छानिनुपर्छ । त्यसमा दलीय निकटताको हिसावले नभएर योग्य मानिस र क्षमतावान मानिस छान्दा नै विश्वविद्यालयको सुधार हुन्छ । विश्वविद्यालयको नेतृत्व सुधार गर्नु अपरिहार्य र महत्वपूर्ण पक्ष हो । विश्वविद्यालय प्राज्ञिक संस्थाहरुमा भएको पाठ्यक्रममा समयानुकुल परिवर्तन, रुपान्तरण र शिक्षकहरुलाई आकर्षित गर्ने टिकाउने अनुसन्धानको क्रियाकलापमा संलग्न गराउनेदेखि क्याम्पसको परिसरभित्र प्राज्ञिक संस्कृति, बौद्धिक वातावरण निर्माण गर्ने कुरामा ध्यान नदिने हो भने माथिको मात्रै ठिक मान्छे ल्याएर स्वत: सुधार हुन्छ भन्ने अपेक्षा गर्नु हुँदैन । समग्रतामा हेर्नुपर्छ ।’

त्यस्तै उद्यमी र वैज्ञानिक डा.प्रतिभा पाण्डेले शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रधानमन्त्रीको प्रतिवद्धता रहेको भन्दै सबै राजनीतिक दलहरुले पनि राजनीतिक हस्तक्षेप नहुने बनाउन प्रतिवद्धता जनाउनुपर्ने बताउनु भयो । उहाँले सबै राजनीतिक दलहरुले प्रतिवद्धता जनाएमात्रै देशले फड्को मार्ने बताउनु भयो । उहाँले शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण हुने भएकाले देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने कुराले देश विकास सम्भव नरहेको जिकिर गर्नुभयो । उहाँले नैराश्यजनक स्थितिलाई अब आशाजनक स्थितिमा लैजानुपर्ने बताउनु भयो । उहाँले देश बनाउने हो भने शैक्षिक संस्था अर्थात जरालाई नै पानी र मल दिनुपर्ने बताउनु भयो । । युवाहरुको पलायन हुँदै जाने र फर्किन नैराश्य हुने स्थिति परिवर्तन गर्नु आजको आवश्यकता भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कसरी शैक्षिक संस्थामा राजनीतिक हस्तक्षेप नहुने बनाउने भन्नेमा उहाँहरुको पनि प्रतिवद्धता देखियो । यसरी नै राजनीतिक दलहरुले प्रतिवद्धता गर्ने हो भने देशले नै फड्को मार्छ । हेर्दा शैक्षिक संस्थालाई सुधार गर्नुपर्छ भन्नु भनेको शैक्षिक संस्थाबाटै देशको भविष्य निर्माण गर्ने हो र देशको भविष्य दिनको तीन सयको दरले विदेशमा जाने हो भने यो सम्भव छैन । नैराश्यजनक स्थितिलाई हामीले आशाजनक स्थितिमा लैजानुपर्छ । त्यसका लागि राजनीतिक हस्तक्षेप नभइ योग्यताको आधारमा शैक्षिक संस्थाहरुमा राम्रो मान्छे लिएर आए सुधार हुन्छ । देश बनाउने हो भने शैक्षिक संस्था अर्थात जरालाई नै पानी र मल दिनुपर्छ । युवाहरुको पलायन हुँदै जाने र फर्किन नैराश्य हुने स्थिति परिवर्तन गर्नुपर्छ ।’

भेटमा प्रधानमन्त्री दाहालले आफू विश्वविद्यालय र शिक्षा क्षेत्र सुधारमा गम्भीर भएको जानकारी दिँदै मेरिटोक्रेसीको अवधारणा थप दृढताका साथ बाँकी ठाउँहरूमा पनि अवलम्वन गर्ने बताउनु भयो । प्रधानमन्त्रीलाई धन्यवाद दिँदै राजनीतिक दलहरूलाई अहस्तक्षेपको नीतिमा प्रतिवद्धता व्यक्त गर्न अनुरोध गर्नेहरूमा डा. गौरीशंकरलाल दास, डा. गोविन्द पोखरेल, डा. सन्दुक रूइत, डा. अर्जुन कार्की, डा. जेपी अग्रवाल, डा. नरेशमान बज्राचार्य, डा. असिम ढकाल, डा. भगवान कोईराला, डा. विष्णु उप्रेती, डा. धर्मकान्त बास्कोटा, डा. देवेन्द्रराज पाण्डे, डा. लवदेव अवस्थी, डा. मदन उपाध्याय, डा. महेश मास्के, केदारभक्त माथेमा लगायत ६६ जना प्राज्ञिकहरू हुनुहुन्छ । —न्युज एजेन्सी नेपाल