९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

रोहितको शतकका बाबजुद चेन्नईसँग २० रनले हार्यो मुम्बई

रोहितको शतकका बाबजुद चेन्नईसँग २० रनले हार्यो मुम्बई
अ अ+ अ-

काठमाडौँ । चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्सलाई २० रनले पराजित गर्दै अंक तालिकामा ८ अंकसहित कोलकाता नाइट राइडर्ससँग बराबरी गरेको छ ।

टोली ०.७२६ को नेट रनरेटका साथ अंक तालिकामा तेस्रो स्थानमा छ । योसँगै मुम्बई चार अंकसहित आठौं स्थानमा छ ।

आइतबार भएको आईपीएलको २९ औँ खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा चार विकेट गुमाएर २०६ रन बनाएको थियो । जवाफमा मुम्बईले २० ओभरमा ६ विकेट गुमाएर १८६ रनमात्रै बनायो ।

यो खेलमा मुम्बईले बलियो सुरुवात गरेको थियो । इशान किशन र रोहित शर्माबीच पहिलो विकेटका लागि ७० रनको साझेदारी भएको थियो । मथिसा पथिरानाले एमआई विरुद्ध घातक बलिङ गरे । उनले यो खेलमा चार विकेट लिए ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादव २१ वर्षीय बलरबाट शून्य रनमै आउट भए । उनी खाता नखोली नै प्याभिलियन फर्किए । त्यसपछि तिलक वर्मा र रोहितबीच तेस्रो विकेटका लागि ६० रनको साझेदारी भयो ।

उनले पाँच चौकाको मद्दतले ३१ रन बनाउन सफल भए । यो खेलमा हार्दिक पाण्ड्याको ब्याटले काम गरेन । उनी जम्मा दुई रन बनाएर आउट भए । तुषार देशपाण्डेले उनलाई आफ्नो शिकार बनाए । चेन्नईविरुद्ध टिम डेभिड १३ रन, रोमारियो शेफर्डले एक रन र मोहम्मद नाबी ४ रनमा अविजित रहे ।

यो खेलमा मुम्बई इन्डियन्सका पूर्वकप्तान रोहित शर्माले दमदार प्रदर्शन गर्दै आईपीएल करियरको दोस्रो शतक प्रहार गरेका थिए । उनले आफ्नो शतक ६० बलमा पूरा गरे । यस खेलमा ३६ वर्षीय ब्याट्सम्यानले ६३ बलमा ११ चौका र पाँच छक्काको मद्दतमा १०५ रन बनाएका थिए । तर, उनले आफ्नो टोलीलाई लगातार तेस्रो जित दिलाउन सकेनन् ।

चेन्नईका लागि यो खेलमा मथिशा पाथिरानाले ४ विकेट लिए भने तुषार देशपाण्डे र मुस्ताफिजुर रहमानले एक-एक विकेट लिए ।

त्यसअघि ऋतुराज गायकवाड र शिवम दुबेले अर्धशतक बनाएका थिए । चेन्नईको सुरुवात राम्रो हुन सकेन । ओपनिङमा ब्याटिङमा आएका अजिंक्य रहाणे मात्र ५ रन बनाएर प्याभिलियन फर्किए । रचिन रविन्द्रले पनि २१ रनमात्रै बनाउन सके ।

यसपछि दुबे र गायकवाडबीच तेस्रो विकेटका लागि ९० रनको साझेदारी भयो, जसलाई हार्दिक पाण्ड्याले तोडेका थिए । उनले १५० रनको स्कोरमा चेन्नईका कप्तानलाई आउट गरे । यस खेलमा रुतुराजले ४० बल सामना गर्दै ६९ रन बनाए । यस क्रममा उनको ब्याटबाट पाँच चौका र पाँच छक्का निस्केका थिए ।

टोलीलाई चौथो झट्का डेरिल मिचेलको रुपमा परेको थियो । उनी १७ रन बनाएर फर्किए । पाण्ड्याले उनलाई अन्तिम ओभरको पहिलो बलमा नाबीको हातमा क्याच आउट गराए । छैटौं नम्बरमा ब्याटिङ गर्न आएका महेन्द्र सिंह धोनीले अन्तिम चार बलमा २० रन बनाए । उनले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । यस अवधिमा उनको स्ट्राइक रेट ५ सय थियो । धोनीलाई मैदानमा देखेर फ्यानहरु निकै उत्साहित बनेका थिए ।