६ श्रावण २०८३, बुधबार
,
Latest
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति राजनीतिको अन्तिम लक्ष्य समाजसेवा नै होः सभापति थापा अर्जुनधाराका अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै अनधिकृत रूपमा सीप परीक्षण र प्रमाणीकरण गर्ने संस्थाको कार्यालयमा सिलबन्दी हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु स्वास्थ्यसम्बन्धी ऐन संशोधनका मस्यौदामा सुझाव दिन आग्रह वैदेशिक प्रशिक्षणका लागि पुरुष कबड्डी टोली भारत जाँदै मार्भल टेक्नोप्लास्ट र सुदूरपश्चिम रोयल्सबीचको साझेदारीले पायो निरन्तरता एनआरएनए पोर्चुगलको नयाँ सदस्यता तथा नवीकरण खुला, १६ संयोजकमार्फत सदस्यता अभियान सञ्चालन थप छानबिनका लागि टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

आर्सनल एस्टन भिल्लासँग घरेलु मैदानमै पराजित, उपाधि होडमा धक्का



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्षस्थानमा उक्लिने अवसर रहेको आर्सनलले घरेलु मैदानमै हार बेहोरेको छ ।

गएराति भएको खेलमा आर्सनले एस्टन भिल्लासँग २-० गोलले पराजित भएको हो । उपाधि होडमा रहेको आर्सनलले यो हारसँगै आगामी खेलहरुमा दबाब बढेको छ ।

एस्टन भिल्लालाई जित दिलाउन लेओन बेलीले ८४ औं तथा ओली वाट्कीन्सले ८७ औं मिनेटमा गोल गरे ।

यो नतिजासँगै आर्सनल ३२ खेलबाट ७१ अंकका साथ दोस्रो स्थानमा छ । समान खेल खेलेको म्यान्चेस्टर सिटी ७३ अंकका साथ शीर्षस्थानमा रहँदा लिभरपुल ७१ अंकका साथ तेस्रो स्थानमा छ ।

यी तीन वटै टोलीले अब ६-६ खेलहरु खेल्न बाँकी छ ।