५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

न्युक्यासलसँग टोटेनहमको लज्जास्पद हार



अ+ अ-

काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहमले हार बेहोरेको छ । गएराति भएको खेलमा टोटेनहम न्युक्यासल युनाइटेडसँग ४-० गोलले पराजित भएको हो ।

घरेलु टोली न्युक्यासललाई फराकिलो जित दिलाउन अलेक्जान्डर इसाकले २ तथा एन्थोनी गोर्डन र फावियन सारले १ १ गोल गरे ।

यो नतिजासँगै टोटेनहम ३२ खेलबाट ६० अंकका साथ तालिकाको पाँचौं स्थानमा छ भने न्युक्यासल ५० अंकका साथ छैटौं स्थानमा छ ।

यसैबीच गएराति नै भएका अन्य खेलमा बर्नले र ब्राइटनले १-१ तथा नटिङहम फरेस्ट र वल्भ्सले २-२ गोलको बराबरी खेल्दै अंक बाँड्दा ब्रेन्टफोर्डले शेफिल्डलाई २-० गोलले पराजित गर्यो ।