१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

यस्तो रहनेछ आजको मौसम



अ+ अ-

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापिय रेखाको आंशिक प्रभाव रहेको छ। महाशाखाले अहिले देशभरको मौसमको अवस्थाबारे जानकारी दिँदै  देशको पहाडी भूभागका थोरै स्थानहरुमा र तराईका अधिकांश भूभागहरुमा हुस्सु र कुहिरो लागेको बताएको छ । भने बांकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

यसैगरी, आज दिउँसो प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यस्तै, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।

राति देशको पहाडी भूभागमा आंशिक बदली रहि बाँकी भूभागहरुमा मौसम सामान्यतया सफा रहनेछ । यता, प्रदेश नं १ को उच्च पहाडी तथा हिमाली भूभागका एकरदुई स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।