९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

मेन्स प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, कतारलाई ३२ रनले हरायो

मेन्स प्रिमियर कपः नेपालको लगातार दोस्रो जित, कतारलाई ३२ रनले हरायो
अ अ+ अ-

काठमाडौँ । ओमानमा जारी एसिसी मेन्स प्रिमियर कपको आफ्नो दोस्रो खेलमा पनि नेपालले जित निकालेको छ । भर्खरै सम्पन्न खेलमा नेपालले कतारलाई ३२ रनले हराएको हो । नेपालले दिएको २११ रनको लक्ष्य पछ्याएको कतारले २० ओभरमा ९ विकेटको क्षतिमा १७८ रनमात्रै बनाउन सक्यो ।

उसका लागि मुहम्मद तनविरले ३३ बलमा ६३ रन जोडे । यस्तै, कमरान खानले १८, मोहम्मद अहनाफले २३, हिमान्सु राठोरले २२ (नटआउट) अदनान मिर्जाले १९ रन जोडे ।

बलिङतर्फ नेपालका ललित राजवंशी, दिपेन्द्र सिंह ऐरी र गुलशन झाले २-२ विकेट लिए भने कुशल मल्ल र अभिनाश बोहराले १-१ सफलता हात पारे ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ७ विकेट गुमाएर २१० रन जोड्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरी र आसिफ शेखले अर्धशतकीय पारी खेले । मात्र २१ बलमा दिपेन्द्र ६४ रनसहित अविजित रहे ।

उनले अन्तिम ओभरमा सबै बलमा छक्का हाने । अर्थात् उनले ६ बलमा ६ छक्का प्रहार गरे । आफ्नो पारीमा उनले ७ छक्का र ३ चौका हिर्काए ।

आसिफले ४१ बलमा ५२ रनको योगदान दिए । उनले ६ चौका हाने । यस्तै, कुशल मल्लले १८ बलमा ३५ रनको योगदान दिए ।

रोहित पौडेलले १८ तथा कुशल भुर्तेलले १२ रन जोडे । कतारका लागि हिमान्सु राठोर र मुसवार शाहले ३/३ तथा आमिर फारुकले १ विकेट लिए ।

नेपालले हिजो भएको खेलमा मलेसियालाई ५ विकेटले पराजित गरेको थियो ।