१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भुलवस ‘श्री ५ को सरकार’ भनेको भन्दै मन्त्री थापाले मागे माफी



अ+ अ-

काठमाडौं । खानेपानी मन्त्री मणि थापाले शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा आफूले श्री ५ को सरकार भनेकोमा क्षमा मागेका छन्। उनले भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु भनेका छन् । उनले सामाजिक सञ्जालमा स्ट्याटस् लेख्दै माफी मागेका हुन् ।

उनले यस्तो लेखेका छन्:

'शनिबार नेपाल कम्युनिष्ट पार्टीले सुर्खेतमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्ने क्रममा नेपाल सरकार भन्नुपर्नेमा भुलवस अन्यथा भएको र त्यसलाई मैले तत्कालै सच्याएको यहाँहरु जानकार नै हुनुहुन्छ । आम नेपाली नागरिक, मेरो शुुभचिन्तक र नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्तामा त्यसबारे कुनै दुविधा नराखिदिनुहुन अनुरोध गर्दछु ।
मेरो पुरै राजनीतिक जिवन, क्रान्ति र परिवर्तनमा विताएको र पश्चगमनका पक्षमा मेरो साथ नहुने कुरा विनम्रताका साथ अनुरोध गर्दछु ।
भुलबस ती शब्द प्रयोग हुन गएकोमा क्षमा चाहन्छु ।'

प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटनलाई प्रतिगमन भन्दै आन्दोलन भइरहेको छ। यही बेला उनको क्याबिनेटका मन्त्रीले श्री ५ को सरकार भनेको भन्दै सामाजिक सञ्जालमा चर्चा भएको थियो।