९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar कर्णालीदेखि काठमाडौंसम्मको संघर्षपूर्ण यात्राबाट चर्चामा रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा News Polar हिमालयन बैंक र एससीटीबीच स्मार्टपे आईबीएफटी सेवा सञ्चालनसम्बन्धी सम्झौता News Polar २२ वर्षपछि काठमाडौंमा ‘सम्यक् महादान’, ३०१ सदस्यीय मूल समारोह समिति गठन News Polar पुराना दल र परीक्षण भइसकेका नेताको नेतृत्वमा मधेसको राजनीति अघि बढ्न सक्दैन : रामकुमार शर्मा News Polar मुुपात्रअर्थात् कही नभएको भक्तपुरको जात्रा News Polar सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए News Polar कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय

आईपीएलमा दिल्लीले लखनउलाई पहिलो पटक हरायो

आईपीएलमा दिल्लीले लखनउलाई पहिलो पटक हरायो
अ अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा दिल्ली क्यापिटल्स (डीसी)ले लखनउ सुपर जाइन्ट्स (एलएसजी)लाई पराजित गरेको छ ।

टोलीले चालू सिजनको २६ औं खेलमा सुपरजायन्ट्सलाई ६ विकेटले पराजित गरेको हो । लगातार दुई पराजयपछि दिल्लीको यो सिजनको पहिलो जित हो भने लखनउले लगातार तीन जितपछि हार बेहोरेको छ ।

शुक्रबार लखनउको एकना स्टेडियममा टस जितेर ब्याटिङ रोजेको लखनउले २० ओभरमा ७ विकेट गुमाएर १६७ रन बनाएको थियो । दिल्लीले १८.१ ओभरमा ४ विकेट गुमाएर १६८ रनको लक्ष्य पुरा गर्यो । खेलका प्लेयर अफ द म्याच कुलदीप यादव भए । उनले २० रन दिएर तीन विकेट लिए ।

डीसीका लागि डेब्यु गरेका ज्याक फ्रेजर–मगुर्कले ३५ बलमा ५५ रनको अर्धशतकीय पारी खेले । कप्तान ऋषभ पन्तले ४१ रनको योगदान दिए । लखनउका रवि बिश्नोईले दुई विकेट लिए भने नविन उल हक र यश ठाकुरले एक(एक विकेट लिए ।

एलएसजीका आयुष बडोनीले ३१ बलमा ५५ रनको अविजित अर्धशतक खेले । उनले आठौं विकेटका लागि अरशद खानसँग ७३ रन जोडे । कप्तान केएल राहुलले ३९ रन बनाए ।

दिल्लीका कुलदीप यादवले २० रन दिएर ३ विकेट लिए । खलिल अहमदले २ विकेट लिए । इशान्त शर्मा र मुकेश कुमारले एक–एक विकेट लिए ।

आजको खेलः पञ्जाव किंग्स भर्सेस राजस्थान रोयल्स, बेलुका ७ः४५ बजे