२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

वर्ल्ड लिंकः ३ अर्ब लगानीमा १४ वटा डाटा सेन्टर स्थापना



अ+ अ-

काठमाडौँ । इन्टरनेट तथा नेटवर्क सेवाप्रदायक वर्ल्ड लिंक कम्युनिकेशनस् लिमिटेडले देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्ने भएको छ । ३ अर्ब लगानीमा आगामी ३ वर्षभित्र काठमाडौँ, भक्तपुर, लेखनाथ, हेटौडा, भरतपुर, बुटवल, दुहावी, बिरगञ्ज, कोहलपुर, अत्तरिया, ढल्केबर, सुर्खेत, भैरहवा लगायतका स्थानमा डाटा सेन्टर स्थापना गर्न लागेको हो ।

कम्पनीले बिहीबार आयोजना गरेको भर्चुयल मिटिङमा बोल्दै संस्थाका कार्यकारी निर्देशक केशव नेपालले इन्टरनेटको विकासको लागि अग्रगामी सोच लिदैँ देशका विभिन्न स्थानमा डाटा सेन्टर निर्माण गर्न लागेको बताउनु भएको छ । 

नेपाल सरकारले लिएको डिजिटल नेपालको अवधारणा अनुरुप नै डाटा सेन्टरले सम्बोधन गर्ने कम्पनीका प्रबन्ध निर्देशक दिलीप अग्रवालले जानकारी दिनुभयो । ‘यो ठुलो प्रयास हो यसका लागि हामीले विभिन्न कम्पनीहरुसँग सहकार्य गर्ने छौं’ उनले भने, ‘यद्यपी अहिलेसम्म कुन कम्पनी भन्ने यकिन भएको छैन हामी छलफल गरिरहेका छौं ।’

नेपालको कुनाकाप्चासँग वर्ल्ड लिंक पुर्‍याउँदै जनताको पहुँचमा इन्टरनेट पुर्याउने उद्देश्यका साथ वर्ल्ड गाउँगाउँमा विस्तार हुँदै गएको छ । हालसम्म देशभरका ४ लाख ५४ हजार ६ सय घरधुरीमा २६ लाखभन्दा बढी वर्ल्ड लिंकका प्रयोगकर्ता रहेका छन् ।