९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

रोटरी द्वारा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

रोटरी द्वारा वृहत निःशुल्क स्वास्थ्य शिविर सम्पन्न
अ अ+ अ-

सिन्धुपाल्चोक ।  रोटरी क्लब अफ मातृभूमि बालुवाटार र रोटर्याट क्लब अफ मातृभूमि बालुवाटार आइओमको संयुक्त आयोजनामा एकदिने निःशुल्क स्वास्थ्य शिविर  संञ्चालन गरेको छ । \

 सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका अन्तर्गत ५ नम्बर वडाको सिन्धुकोट स्वास्थ्य चौकीको प्रागणमा  आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा ५ नम्बर वडा र वरपरका स्थानिय बासिन्दा लाभान्वित भएका थिए । ५१० जनाको स्वास्थ्थ परिक्षण गरिएको शिबिरमा बरिष्ठ मुटुरोग बिशेषज्ञ डा .अनिल भट्टराई ,  शिक्षण अस्पतालका बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. लक्ष्मी गौतमले बिरामीहरुको परिक्षण गर्नुभएको थियो ।

निःशुल्क उपलब्ध गराईएको सेवामा ३१५ जनाको ईसिजी ,११५ जनाको ईसिएचओ र १८० जनाको स्त्रीरोगको परिक्षण गरिएको आयोजनक संस्थाले जनाएको छ ।गम्भिर र जटिल   लक्षण देखिएका बिरामीहरुलाई सुबिधा सम्पन्न अस्पतालमा उपचारको समन्वय पनि गरिने आयोजक संस्थाले जनाएको छ । शिबिरमा बरिष्ठ मुटुरोगबिज्ञ डा भट्टराईले  नेपालका गाऊहरुमा मुटुरोग सम्बन्धि ज्ञानको कमी भएका कारण अकालमा ज्यान गुमाउनु पर्ने  दुःखद अवस्था रहेको भन्दै यस्ता शिबिर मार्फत सेवा गर्न पाउदा खुसी लागेको बताउनु भयो ।

कार्यक्रममा बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा .लक्ष्मी गौतमले  अझै पनि आफुलाई  लागेको रोगका बारेमा खुलेर भन्न नसक्ने अबस्था रहेका कारण  जनचेतना जगाउनु पर्ने बताउनु भयो  । समारोहमा रोट्रयाट अध्यक्ष डा. यसोदा रिजालले  कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिदै आगामी दिनमा पनि यस्तो कार्यक्रम लाई निरन्तरता दिने जानकारी दिनुभयो ।

 रोटरी क्लब अफ मातृभूमि बालुवाटारका अध्यक्ष रोटरियन अनुज थापाले रोटरी समाजकै हितमा कामगर्ने सस्था भएको कारण  यस्तो अभियान लाई निरन्तरता दिने बताउनु भयो ।  वडाअध्यक्ष सुदर्शन लुइँटेले आफनो गाउमा रोटरीले पुर्योएको सेवा प्रति आभार ब्यक्त गर्दै , आगामी दिनमा पनि सहयोगको अपेक्षा गर्नुभयो ।  कार्यक्रमको संयोजन रोटरियन नारायण अधिकारीले गर्नुभएको थियो  ।