• ८ जेष्ठ २०८१, मंगलवार
  •      Tue May 21 2024
  •   Unicode
Logo
Latest
★   संसदमा विकसित घटनाक्रमहरु सुख्द छैनन्: अध्यक्ष नेपाल ★   गृहमन्त्रीको नाम उल्लेख गरेर छानबिन समिति बनाउने कार्यदलमा सहमति ★   चिनियाँसँग नक्कली विवाह गराएर महिलाको बिक्री, एक जना पक्राउ ★   नेपाल–भारत सीमा क्षेत्रबाट ‘पिकअप भ्यान’सहित अवैध सामान बरामद ★   कार्यदलको बैठक: नाम किटान गर्नु नहुने सत्ता पक्षको जोड, मागबाट पछि नहट्ने काँग्रेसको अडान ★   सानीभेरीका युवा लेखा अधिकृत बमकाजी शेर्पाले चढे सगरमाथा (फोटो फिचर) ★   प्रतिनिधिसभा बैठक बस्दै, कांग्रेसले अवरोध जारी राख्ने ★   जलवायु परिवर्तनका क्षेत्रमा बेलायतले नेपाललाई सघाउने ★   आईपीएलको पहिलो क्वालिफायर आज, फाइनल पुग्न हैदराबाद र कोलकाता भिड्दै ★   सहकारी छानबिन समितिको कार्यादेश टुंगो लगाउन कार्यदलको बैठक बस्दै

तपोवनमा भोलि ओशो महोत्सव हुँदै



काठमाडौं । नयाँ वर्षका अवसरमा तपोवनमा ओशो महोत्सव हुने भएको छ । अघिल्ला दुई वटा नयाँ वर्षका अवसरमा टुंडिखेलमा ओशो महात्सव गरिएकोमा यस पटक भने तपोवनमा गर्न लागिएको हो । ‘ओशो तपोवन अन्तर्राष्ट्रिय कम्युन, नागार्जुन हिल्समा’ ओशो महोत्सव हुने छ ।

‘ओशो तपोवन जाऊँ, नयाँ वर्ष मनाऊँ’ भन्ने नाराका साथ २०८१ वैशाख १ गते, बिहान ११:३० बाट सुरु हुने महोत्सव राति ८ बजे समापन हुनेछ । उक्त अवसरमा कलाकारहरू मनोज गजुरेल, सत्यराज आचार्य, स्वरूपराज आचार्य लगायत कलाकारहरूको प्रस्तुति रहनेछ ।

ओशो साहित्य प्रदर्शनीमा ओशोका पुस्तकहरू विशेष छुटमा उपलब्ध गराइने छ । त्यस्तै फुड फेस्टिवलको पनि आयोजना गरिएको छ । प्रवेश नि:शुल्क रहेको उक्त महोत्सवमा सन्यासी लगायत सर्वसाधारणलाई पनि निमन्त्रणा गरिएको छ ।

वर्षको पहिलो दिन ध्यान गरेर बिताए बाँकीका दिनहरू ध्यानमय हुनेछन् भन्ने मान्यतालाई अङ्गीकार गर्दै ओशो तपोवनले वर्षको पहिलो दिन यस महोत्सवको आयोजना गर्ने गरेको हो ।

महोत्सवमा ध्यानका विभिन्न प्रयोगहरू गरिनेछन् । ओशोका ध्यान विधिहरू सरल हुने भएकाले पहिलोपटक ध्यानको स्वाद लिन चाहनेले पनि यस दिनलाई ध्यान सिक्ने अवसरको रूपमा लिन सक्नुहुन्छ । तपोवनका संस्थापक आचार्य बोधिसत्व स्वामी आनन्द अरुणज्यूले ध्यानका प्रयोगहरू गराउनुहुनेछ भने ओशोको ऊर्जा दर्शनको महसुस गर्ने अवसर पनि मिल्नेछ ।

रजनिश ओशो जीवित छँदा पुनास्थित आश्रममा वर्षको तीन दिन विशेष कार्यक्रम हुने गर्दथ्यो । ओशोको जन्मदिवस ११ डिसेम्बर, त्यस्तै उहाँको निर्वासन दिवस २१ मार्च साथै गुरुपूर्णिमाको दिन त्यहाँ ध्यान, उत्सव लगायत विविध साङ्गीतिक कार्यक्रमहरू हुने गर्दथ्यो ।

ओशोको देहान्त पछि केही वर्षसम्म यी दिनहरूमा कार्यक्रम हुने गर्दथे । साथै ओशोको महापरिनिर्वाण दिवस १९ जनवरी मा पनि विशेष कार्यक्रम हुने गर्दथ्यो । विश्वभरि फैलिएका ओशोका सन्यासीहरु भेला हुने अवसरका रूपमा यी दिनहरू विशेष हुने गर्दथे ।

सामूहिक ध्यान तथा प्रार्थना गरी धेरैभन्दा धेरै मानिसलाई प्रेमपूर्ण जीवन जिउन सिकाउने अवसरको रूपमा यस्ता महोत्सवहरूको आयोजना गर्ने गरिएको हो । त्यस अवसरमा ओशोका प्रवचन तथा बृहत ओशो साहित्य प्रदर्शनी हुने गर्दछ ।

नेपालमा केही वर्षयता ओशो महोत्सव सुरु गरिएको हो । ओशो तपोवन, काठमाडौँले नेपालमा ओशो महोत्सव को आयोजना गर्ने गरेको हो । विगतका दुई वर्ष टुँडिखेलमा गरिएको ओशो महोत्सवमा उत्साहजनक सहभागिता रहेको थियो ।

जसमा सन्यासी लगायत सर्वसाधारणको पनि हजारौंको संख्यामा उपस्थित थियो । कार्यक्रममा राष्ट्रिय कलाकारहरू साथै राजनीतिक एवं प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।

गतवर्ष २०८० वैशाख १ गतेको कार्यक्रममा उपराष्ट्रपति रामसहाय यादवले बोधिसत्व स्वामी आनन्द अरुणको पुस्तक Mystics and Miracles अनावरण गर्नुभएको थियो । त्यस्तै नेपाली सांगीतिक समूह ’कुटुम्ब’ को पनि विशेष प्रस्तुति रहेको थियो ।