२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति १२ प्रमुख जिल्ला अधिकारी र ६ सहसचिवको सरुवा तथा पदस्थापना पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको कार्यान्वयन अहिलेको आवश्यकता हो: उपाध्यक्ष पौडेल



अ+ अ-

बलेवा (बागलुङ): नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधानको प्रभावकारी कार्यान्वयन अहिलेको आवश्यकता भएको बताउनुभएको छ । संविधानले नागरिकलाई सबै हिसाबले सुविधा सम्पन्न बनाएको भए पनि कार्यान्वयन नहुँदासम्म नागरिकले महसुस नगर्ने उहाँले उल्लेख गर्नुभयो ।

नेकपा ९एमाले० बागलुङको १०औँ जिल्ला अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उपाध्यक्ष पौडेलले नेतृत्वदायी भूमिका निर्वाह गरेर जनआन्दोलनमार्फत व्यवस्था परिवर्तन र नयाँ संविधान ल्याएको एमालेले नै संविधानको कार्यान्वयन तथा नागरिकमा आशा जगाउनुपर्ने बताउनुभयो । गृहमन्त्री रवि लामिछानेको विषयमा अनुसन्धान गर्न संसदीय छानबिन समिति बन्छ भन्नु भ्रम मात्रै भएको उहाँको भनाइ थियो ।

वर्तमान सरकार ढाल्नकै लागि प्रतिपक्षले संसद्को समय वर्वाद गरेर अनुचित माग गरिरहेको उपाध्यक्ष पौडेलको आरोप थियो । गृहमन्त्रीलाई राजीनामा गराउने र वर्तमान समिकरणमा प्वाल पारेर आफु सत्तामा आउनकै लागि नेपाली कांग्रेसले संसदीय समितिको माग गरेको उहाँको भनाइ थियो । राज्यका निकायहरुले सहकारी ठगीका विषयमा अनुसन्धान गरिरहेकाले अहिले नै संसदीय छानबिन समितिको आवश्यकता नरहेको उहाँले बताउनुभयो ।

“छानबिन नगर्ने भन्ने होइन्, सत्ताबाट प्रतिपक्षमा पुगेको कांग्रेसको नियत ठिक छैन्, उसले सत्ता समिकरण विगार्नका लागि मात्रै यो माग गरिरहेको छ” उपाध्यक्ष पौडेलले भन्नुभयो– “संसद्को समय दुरुपयोगको काममा मात्रै कांग्रेस तल्लीन भयो ।” वर्तमान सरकार र सत्ता समिकरण लामो सयम टिक्ने भन्दै उहाँले अहिलेको समिकरण विगार्न लागेकाप्रति एमाले सचेत रहेको बताउनुभयो ।रासस




भर्खरै