१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी

दुनाटपरी उद्योगबाट राम्रो आम्दानी
अ अ+ अ-

घोराही । घोराही उपमहानगरपालिका–१६ रातामाटाका शान्ति चौधरी र उहाँका श्रीमान् खुशीराम चौधरी दुनाटपरी उत्पादन गर्न व्यस्त हुनुहुन्छ । करिब ५० वर्षीया शान्ति र ५६ वर्षीय खुशीरामले विसं २०६९ बाट दुनाटपरी व्यवसाय गर्दै आउनुभएको हो । घरको काम सकेर बचेको समय यही व्यवसायमा उहाँहरुको दैनिकी बित्ने गरेको छ ।

यस सहारा दुनाटपरी लघु उद्योगमा स्थानीय १० महिलाले पनि नियमित रुपमा काम गर्दै आउनुभएको छ । “उद्योगका अध्यक्ष शान्तिले आफूसँगै अन्य दिदीबहिनीहरु पनि जोडिएर आम्दानी गर्दै आएकाले खुशी व्यक्त गर्नुहुन्छ”, उहाँले भन्नुभयो, “अलि गाह्रो भनेको वनबाट पात टिपेर ल्याउँदा हुने गरेको छ ।” बजारीकरणका लागि त्यति समस्या नहुने गरेको उहाँले बताउनुभयो ।

“पहिले घरको चुलोचौकोमा आफूसँगै अरू दिदीबहिनीहरुको दिन बित्थ्यो, अहिले भने उद्यागेले सीपसँगै आम्दानी पनि राम्रो दिएको छ”, उहाँले भन्नुभयो, “अहिले घरको सबै काम सकेर श्रीमान्ले पनि सहयोग गर्ने भएको हुँदा झनै सहज हुने गरेको छ ।” उहाँको दम्पतीले मासिक रु १५ हजार आम्दानी गर्दै आउनुभएको छ ।

दुनाटपरी व्यवसायमा जोडिएका अन्य महिलाले पनि मासिक रु १०/१२ हजार आम्दानी गरिरहनुभएको छ । चाडपर्वको समयमा मागअनुसारको बजार पुर्‍याउन समस्या हुने उहाँको भनाइ छ । मेहनत र दु:खअनुसारको मूल्य पाउन नसक्दा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । उत्पादित ठूलो बौत्तालाई रु साढे दुई र एक सय वटा भएको प्याकेटलाई रु साढे दुई सयमा बिक्री गरिएको छ ।

यसैगरी, टपरी रु पाँचका दरले बिक्री हुने गर्दछ । दुनाटपरी उद्योगमा दुई मेसिनमार्फत उत्पादन गरिन्छ । उद्योगमा मेसिन चलाउन, वनबाट पात टिपेर ल्याउन श्रीमतीलाई सहयोग गर्दै आएको शान्तिका श्रीमान् खुशीराम बताउनुहुन्छ । घरमा दुवै जना मिलेर काम गर्दा सहज हुने गरेको उहाँको अनुभव छ ।

मेसिन बिग्रेमा कुनै सामान लिनु परेमा भारतसम्म खुशीराम नै जानुहुन्छ । उत्पादन गरेका दुनाटपरी घोराहीका विभिन्न होटल तथा म:म: पसलमा पठाउने गरिएको उहाँको भनाइ छ । कतिपय घरमै पनि लिने आउने गर्दछन् । जिल्लामा सञ्चालित मेला महोत्सवमा बढी बिक्री हुने गरेको छ ।

प्लास्टिकबाट बनेका वस्तुको प्रयोग बढ्दै जाँदा वातावरण नै प्रदूषित भइरहेको भन्दै सालका पातबाट बनाइने दुनाटपरीले वातावरणलाई पनि स्वस्थ्य बनाउन यस दुनाटपरी उद्योगले सहयोग पुर्‍याउँदै आएको छ । विवाह, व्रतबन्ध, पूजाआजालगायत कार्यमा दुनाटपरी अहिले पनि प्रयोग हुँदै आएको छ ।

उद्योगमा आवश्यक कच्चापदार्थ सङ्कलनदेखि अन्य कार्यका लागि फुर्सदको समयलाई उपयोग गर्दै राम्रो आम्दानी गर्न सफल भएको दुनाटपरी उद्योगका सदस्य ४० वर्षीया कमला चौधरीले बताउनुभयो । समयको सदुपयोग, सीप र आम्दानी पनि आफूले काम गरे अनुसारको प्राप्त हुने उहाँ बताउनुहुन्छ ।

सहारा दुनाटपरी लघु उद्योगका अध्यक्ष शान्तिको प्रयासबाट सञ्चालित उद्योगले स्वरोजगार प्रदान गर्नाका साथै परम्परागत दुनाटपरीको संरक्षण भएको उहाँको भनाइ छ । खेर जाने सालको पातलाई प्रयोगमा ल्याएर आम्दानीको पाटोलाई बढाउन पाउँदा खुशी व्यक्त गर्नुहुन्छ । रासस