१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बजेट कार्यान्वयनमा गति दिन ऊर्जा मन्त्रालयलाई मन्त्री श्रेष्ठको निर्देशन News Polar सीडीसी, एफडीए र एनएचएए बनाउँदा विद्यमान जनशक्ति र विशेषज्ञता संरक्षण गर्नुपर्छ : मन्त्री मेहता News Polar सामाजिक सञ्जाल नियमनका लागि छुट्टै कानुनी व्यवस्था ल्याइने News Polar तातोपानी नाका सञ्चालनबारे महासंघ अध्यक्ष श्रेष्ठ र चिनियाँ राजदूतबीच छलफल News Polar गाजामा मानवीय सङ्कट जारी, वेस्ट ब्याङ्कको अवस्था चिन्ताजनक: राष्ट्रसङ्घ News Polar मनाङमा तत्काल अत्यावश्यक काम गर्नेः मुख्यमन्त्री पाण्डे News Polar प्रतिनिधिसभाः चार विधेयक दफावार छलफलका लागि सम्बन्धित समितिमा News Polar सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यकः मुख्यमन्त्री कार्की News Polar अझै निकाल्न नसकिएको राइनो क्रुज News Polar विधि र विधानभन्दा बाहिर जाने छुट कसैलाई छैनः भण्डारी News Polar बाढी प्रभावित बालबालिका लक्षित दीर्घकालीन स्याहार योजना सञ्चानलमा News Polar मोरङ–६ कांग्रेस अधिवेशनमा विवाद चर्किँदा तोडफोड र कुटपिट News Polar यसै वर्ष २ सय नयाँ टावर र १ हजार ५ सय ९७ स्थानमा फोरजी विस्तार गरिने News Polar भोटेकोशी बाढीः ऊर्जा संरचना पुनर्निर्माणमा तीन खर्ब ९० अर्ब लाग्ने प्रारम्भिक अनुमान News Polar नेप्से परिसूचक ४ दशमलव ८२ अङ्कले घट्यो News Polar प्राविधिक सांसदलाई प्रधानमन्त्री शाहको आग्रह : ‘ज्ञान, सीप प्रयोग गर्नुहोस्’ News Polar अध्यक्ष ओलीको आग्रह– सानातिना मतभेद बिर्सेर पार्टी एकताका साथ अघि बढौँ News Polar दोधारा–चाँदनी झोलुङ्गे पुलः प्राविधिक टोलीद्वारा अध्ययन सुरु News Polar कोप–३१ मा नेपालको हितका लागि सावधानीपूर्वक वार्ता गर्नेगरी तयारी थाल्न निर्देशन News Polar अर्थ समितिद्वारा लगानीकर्ताको अधिकतम हित संरक्षण गर्न सम्बद्ध निकायलाई निर्देशन

गर्मी बढेसँगै आगलागीका घटना पनि बढ्दै

गर्मी बढेसँगै आगलागीका घटना पनि बढ्दै
अ अ+ अ-

बलेवा । गर्मी बढेसँगै जिल्लाभरि आगलागीका घटना पनि बढ्दै गएका छन् । जिल्लाका १० वटै स्थानीय तहमा रहेका सामुदायिक र सरकारी वनमा आगलागीका घटना बढिरहेको प्रहरीले जनाएको छ ।

मङ्गलबार साँझ ५:३० बजेको थियो । डिभिजन वन कार्यालय बागलुङका प्रमुख सरोज पन्थी बागलुङ नगरपालिका–३ र ९ को बीचमा पर्ने काठेखोला आसपासका वन क्षेत्रमा भइरहेको आगलागी नियन्त्रण गरिरहेको अवस्थामा भेटिनुभयो । प्रहरी र स्थानीय सर्वसाधारणसँगै वनका कर्मचारी आगो नियन्त्रणको प्रयास गरिरहेका थिए ।

काठेखोलाको किनारबाट सुरु भएको आगोले बागलुङ नगरपालिकाका दुवै वडाका बस्तीहरु ताकिरहेको देखिन्थ्यो । बस्ती जोगाउन सर्वसाधारण र सरोकारवालालाई हम्मेहम्मे परिरहेको थियो । मङ्गलबार एकै दिन जिल्लाका दर्जन बढी वनजङ्गल क्षेत्रमा आगलागी भएको थियो । केही ठाउँमा आगो नियन्त्रणमा आएको छभने केही जङ्गल क्षेत्रमा अझै आगो फैलिएको छ ।

बागलुङ–१० भकुण्डे, ताराखोला गाउँपालिका–१ र २, गलकोट नगरपालिका–९ का वनक्षेत्र र बागलुङ–१४ को कैयामुनिको भिर क्षेत्रलगायत वन तथा पाखाहरुमा आगलागी भएको डिभिजन वन अधिकृत पन्थीले जानकारी दिनुभयो । गर्मी सुरु भएसँगै जङ्गल क्षेत्रमा आगलागी सुरु भएको उहाँको भनाइ छ ।

आगलागीका कारण बस्तीहरु समेत जोखिममा परेका भन्दै बागलुङमा रहेका पाँच सय ४० सामुदायिक वनमध्ये अधिकांश वन क्षेत्रमा आगलागी भइसकेको पन्थीले जानकारी दिनुभयो । उहाँका अनुसार गर्मी याम सुरु भएलगत्तै बागलुङमा आगलागीका घटना बढिरहेका छन् ।

बढ्दो आगलागीका कारण बागलुङको वातावरण धुवाँमय बन्दा वायु प्रदूषण बढिरहेको छ । प्राय : दिनहुँजसो जिल्लाका विभिन्न स्थानमा रहेका व्यक्तिगत खरबारीमा समेत आगलागी भइरहेका छन् । अधिकांश घटनामा मानवीय लापरबाही बढी देखिएको डिभिजन वन कार्यालयले जनाएको छ ।

सोमबार मात्रै ताराखोला–२ सिलेस्थित नुनथला सामुदायिक वनमा आगलागी हुँदा स्थानीयका गोठ जलेका छन् । सिलेको गुरासेटोल बस्ने फुलकुमार दर्जीको दुईतले कच्ची घर र एतले कच्ची गोठ जलेको छ । सोही ठाउँकी ईश्वरा दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको प्रहरीले जनाएको छ । ईश्वराको गोठमा रहेका एक बाख्रा र भैँसी मरेका छन् ।

साथै नरबहादुर दर्जीको दुईतले कच्ची घर र एकतले कच्ची गोठ जलेको छ । अमृतालाल दर्जीको एकतले कच्ची गोठ जली पूर्ण रुपमा नष्ट भएका छन्भने यामबहादुर दर्जीको एकतले कच्ची गोठ जलेको प्रहरी निरीक्षक दीपकबाबु केसीले जानकारी दिनुभयो । उहाँका अनुसार बढ्दै गएको आगलागीका कारण जङ्गल क्षेत्रका रहेका जडीबुटी पनि मासिँदै गएका छन् । रासस