२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सशस्त्र प्रहरी बलको स्टोरमा भएको आगलागीको अध्‍ययन गर्न छानबिन समिति गठन



अ+ अ-

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा भएको आगलागीको स्थलगत निरीक्षण गर्नुभएको छ ।

गृहमन्त्री लामिछानेले आसपासका बस्तीमा रहेका सीसी क्यामराबाट जाँचबुझ गर्न निर्देशन दिनु भएको उहाँले सचिवालयले जनाएको छ । बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय गोदाममा विद्युत सर्ट भएर आगलागी भएको र नियन्त्रणमा ८ वटा दमकल परिचालन गरिएको थियो ।

उहाँले छानबिनका लागि समिति बनाउन सुझाव दिएकोमा सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक बंशिराज दाहालको अध्यक्षतामा ९ सदस्यिय छानबिन समिति गठन भएको जानकारी गराउनु भएको थियो ।

एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन् ।