१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

माघ २३ गते के घोषणा गर्दैछन् प्रधानमन्त्री ओली ?

माघ २३ गते के घोषणा गर्दैछन् प्रधानमन्त्री ओली ?
अ अ+ अ-

काठमाडौँ । गएको पुस ५ गते संसद विघटन भएपछि तरल बन्दै गएको राजनीतिक घटनाक्रममा गएको एक हप्तादेखि केही अनौठा र नयाँ झाँकीहरु एकाएक थपिएका छन् । जसले तरल राजनीतिक अवस्थालाई अझ तरंगित बनाइदिने काम गरेको देखिएको छ । प्रधानमन्त्री केपी ओलीले चालेका केही नयाँ कदमले उनी कुन रफ्तारमा अघि बढ्न चाहेका छन् र आफूले नेतृत्व गरेको समूहको नेकपालाई कता लैजान खोज्दैछन् भन्ने कुरा स्पष्ट बाहिर नआए पनि केही संकेत भने गरेको छ । 

अघिल्लो हप्ताको शुरुमै प्रधानमन्त्री ओली पशुपतिनाथको दर्शनमा गए । यहाँ कोही व्यक्ति मन्दिर जादैमा किन गएको भनेर प्रश्न उठाउन खोजिएको भने होइन, यस्तो व्यक्तिगत प्रसंग यहाँ उठाउन पनि मिल्दैन । किनभने आफ्नो सनातन धर्म अंगाल्ने, मठमन्दिरमा पुगेर पूजा गर्ने अधिकारी जोसुकैको पनि छ । 

तर यो नियमित अभिव्यक्ति उहाँको यो उदाहरणमा यसपालि मेल खाँदैन । किनभने उनी पशुपतिको जात्रा मात्र गर्ने व्यक्ति होइनन्, त्यो सँगै शिद्राको व्यापारमा पनि रमाउने व्यक्ति हुन् । ओलीले बोलेका शब्दको त कुरै भएन, उनको शारीरिक चाल र हाउभाउको पनि ठूलो अर्थ रहने गर्दछ । 

यसैले उनी यसअघि औपचारिक कार्यक्रम (सरकारको सेरेमोनियन कार्य) मा बाहेक पूजाआजाका लागि कहिल्यै पशुपति नाथ नजाने व्यक्ति यसपालि यसै पुगेका भने छैनन् । त्यसमा पनि प्रधानमन्त्रीको सपथ लिँदा त इश्वरका नाममा सपथ लिन नमान्ने व्यक्ति अहिले अकस्मात पूजा गर्न किन पशुपति नाथ पुगे भन्ने कुराले अनेक अर्थ खोजेको छ । जुन अस्वाभाविक होइन । 

नेपालको राजनीतिमा दक्षिण फ्याक्टर हावी हुन खोजेको देखिन्छ । त्यसो त यहाँ संसद विघटन भएको केही दिनमै अब नेपालमा नागरिक सरकारको खोजी होला भनेर श्याम शरणले एक राष्ट्रिय दैनिकमा ‘उताको योजना’ सार्वजनिक गरेका थिए । अहिले अरु धेरै नभए पनि तत्कालका लागि उताको योजनामा मुख्य दुइटा प्राथमिकता छन्–हिन्दू धर्म र राजा । त्यो आफूले पहिलो कार्यकालमा गर्न नसकेपनि यो दोस्रोमा गर्छु भनेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भनेका पनि छन् रे । 

सायद यो त्यसैको पूर्वाभ्यास पो हो कि प्रधानमन्त्री ओलीको पशुपति दर्शन ? उनको पार्टी हिन्दू धार्मिक राज्यमा फर्किन चाहेको पो हो कि ? उनको पार्टीले लिने यही नीतिको घोषणा यही माघ २३ गते (पर्सी) हुन लागेको आमसभामा यो योजना उनले घोषणा त गर्दैनन् ? यो गरे भने उनको पार्टी अर्कै (विदेशी धर्मको) एजेण्डा बोक्नेहरुको भन्दा देशभित्र लोकप्रिय हुन्छ, यो पक्का हो । 

ओलीको अर्काे औतार आइतबार बालुवाटारमा प्रकटा भयो । माओवादी सशस्त्र विद्रोहका ‘अयोग्य’ लडाकूहरुसँग उनी अन्तरक्रियामा थिए । त्यहाँ संयोग कस्तो मिलेको थियो भने माओवादीको भाषामा ‘जनयुद्ध’ लड्न प्रयोग गरी जितेपछि प्रचण्डले ‘अयोग्य’ घोषणा गरिदिएका अयोग्य लडाकूहरुसँग त्यो सशस्त्र द्धन्द्धका कमाण्डर बादल पनि त्यहीँ थिए । 

यसअघि त्यो द्धन्द्धका कटु आलोचक भनी प्रचार गरिएका प्रधानमन्त्री ओली किन अहिले माओवादीका पूर्व लडाकूहरुसँग नजिकिएका छन् भन्ने प्रश्नको जवाफ सायद उनले भन्दा राम्रो गरी उनको तर्फबाट गृहमन्त्री बादलले दिन सक्छन् होला । ओलीको यो कदम पनि नियमतता भन्दा बढी नियमित आकस्मिकतामा पर्न सक्छ । 

ओली सरकारका एकजना मन्त्री मंगलबार छापामार शैलीमा नख्खु जेल पुगेको देखियो विप्लव समूहका नेता भेट्न । उनले त्यहाँ पुगेर उक्त समूहसँग सरकारका तर्फबाट वार्ताको प्रस्ताव पनि राख्यो रे । यो अकस्मातको सकारात्मक समाचार ओलीको सबैभन्दा पछिल्लो किस्ता मात्र नहुन पनि सक्छ । किनभने उनी अकस्मात आश्चर्य दिने दिने हुन् । जुन कुरा उनले तराईमा विभाजनको रेखा कोरिरहेका सिके राउतलाई पनि यसैगरी छापामार शैलीमा जेलभित्र कुरा मिलाएर राष्ट्रिय सभागृहमा सार्वजनिक गराएका थिए । उनले सार्वजनिक गराएका मात्र नभएर पार्टी नै प्रवेश गराएका थिए । 

आगोको झिल्को सानो पनि खतरनाक हुन्छ । डढेलो झिल्कोबाटै रोक्नुपर्ने प्रयत्नका लागि ओलीको यो कदम पनि सकारात्मक छ । किनभने आजका विप्लवहरु हिजोका माओवादी समस्या पनि हुन सक्दछन् । सरकारको पछिल्लो मुभ अनुसार उनीहरुमाथिको प्रतिबन्ध पनि प्रधानमन्त्री ओलीले फुकुवा गर्न सक्नेछन् । सायद यो काम पनि आगामी आमसभामै हुने हो कि ? यदि त्यसो भयो भने प्रचण्डको पार्टीको आन्दोलनमा गृहमन्त्री बादलको लौरो र विप्लवको नैतिक समर्थन हुने अवस्था पनि नआउला भन्न सकिँदैन । 

ओलीले निम्ता गरेकै छन्– आमसभा भनेको कस्तो हुन्छ हेर्न आउनु माघ २३ गते । त्यस दिन ओलीका यी पछिल्ला नियमित आकस्मिकता र छापामार शैलीका केही ‘मुभ’ हरुको प्रगति विवरण आउन सक्छ । उनले यो सभालाई केही नयाँ स्वरुपका झाँकीहरुका रुपमा पनि प्रस्तुत गर्ने प्रयत्न गरेको यी चालले पनि केही संकेत गर्दछन् । 

पानी जहाज सम्भव नभए पनि कार्यालय खोलेरै भए पनि केही नयाँपन दिन खोज्ने ओलीलाई नयाँ काम गरौँ भन्ने हुटहुटी त हुँदो हो नै । यी अन्तरमनहरुलाई ओलीले माघ २३ को सभामा घोषणा गर्लान् त ? अहिले बजारमा पनि मानिसहरु यसै भन्दैछन्– ओलीले माघ २३ गते के घोषणा गर्दैैछन् ?