१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति

अख्तियार प्रमुख राईलाई पूर्ब सचिब शारदाप्रसाद त्रितालको नौ सुझाब

अख्तियार प्रमुख राईलाई पूर्ब सचिब शारदाप्रसाद त्रितालको नौ सुझाब
अ अ+ अ-

वर्तमान नेपालको सबैभन्दा ठूलो समस्या भ्रष्टाचार हो । यस्को नियन्त्रण गर्ने जिम्मेवारी पाएको संवैधानिक आयोगको रुपमा अख्तियारको ज्यादै महत्वपूर्ण भूमिका रहेको छ । धेरै किसिमका सीमाहरुका वावजूद नवनियुक्त पदाधिकारीहरुले देहायका विषयमा ध्यान दिनु हुनेछ भन्ने अपेक्षा गरेको छु  ।    

१) आयोगमा योग्य र इमानदार कर्मचारीको राम्रो टिम बनाउनु आवश्यक देखिन्छ ।

२) सरकारले संसदमा पेश गरेका दुई विधेयक ९अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन र भ्रष्टाचार निवारण ऐनमा संशोधनका लागि पेश गरेका विधेयक फिर्ता ल्याएर व्यापक छलफल र विचार विमर्शपछि पुन पेश गर्न प्रयास गर्नु पर्ने देखिन्छ । यी विधेयकमा समावेश गरिएका प्रावधानहरु यथावत पारित भएमा आयोगलाई त्यसपछि काम गर्न थप समस्या पर्नेछ ।

३) विद्यमान कानुनको दायराभित्रै रहेर पनि ठूला र नीतिगत भ्रष्टाचारका केशहरुमा अनुसन्धान गर्न सकिन्छ र अव शुरु गर्नु पर्छ जुन विगत १०/१२ वर्षदेखि रोकिएका छन् ।

४) मन्त्रिपरिषद ९म प ० का नीतिगत निर्णयको परिभाषा नभएको जनाउँदै आयोगले म प का सबै निर्णयलाई नीतिगत निर्णय भनी विगतदेखि पन्छाउँदै आएकोछ । जसले गर्दा भ्रष्टाचार अत्यधिक बढ्न गएकोछ । म प का निर्णयमध्ये करिब ५ प्रतिशत निर्णय मात्र नीतिगत हुने र अन्य निर्णय साधारण हुने हुँदा म प बाट भएका त्यस्ता निर्णयउपर समेत आयोगले अनुसन्धान शुरु गर्नु अत्यावश्यक भएकोछ ।  

५) सार्वजनिक, सरकारी तथा गुठी जग्गाको हिनामिना सम्बन्धमा छानविन गर्न गठन भएको आयोग ९भट्टराई आयोग० ले दिएका प्रतिवेदनहरुमा उल्लेख भएका विषयमा तत्काल अनुसन्धान शुरु गर्नु पर्ने देखिन्छ ।

६) ठूला आयोजनामा भएका भ्रष्टाचारहरुको अनुसन्धानलाई प्राथमिकता दिनुपर्ने देखिन्छ । उदाहरणको लागि चमेलिया जलविद्युत आयोजना, मेलम्ची खानेपानी आयोजना, बागमती सभ्यता अन्तर्गतका आयोजना, उपत्यका विकास प्राधिकरण अन्तर्गतका आयोजना आदि ।

७) विकास निर्माण सम्बन्धी आयोजनाहरुमा गुणस्तरमा ज्यादै ठूलो भ्रष्टाचार हुने गरेको छ । आयोगले गुणस्तर मापनको विषयलाई विशेष जोड नदिने हो भने यी क्षेत्रमा हुने भ्रष्टाचारले देशलाई खोक्रो बनाउने छ ।

८) विगतदेखि नै चर्चामा रहेका तर आयोगले पूरा गर्न बाँकी रहेका ठूला भ्रष्टाचारका केशहरुमा शीघ्र निष्कर्षमा पुग्नु जरुरी देखिन्छ ।

९) हुन त सरकारले गर्नु पर्ने हो, तर सरकारले हालसम्म नगरेको एक महत्वपूर्ण कार्यमा पनि आयोगले अग्रसरता लिनु पर्ने देखिन्छ । त्यो हो भ्रष्टाचार विरुद्धको संयुक्त राष्ट्र संघीय महासन्धी अनुसारका नीति, कानुन र संरचनागत विषयमा अध्ययन गरी निजीक्षेत्र लगायत सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणमा समन्वयात्मक प्रभावकारिता ल्याउने विषय ।