१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य लगायतका नेताहरू कलंकीबाट गिरफ्तार



अ+ अ-

 काठमाण्डौ  । आबागमनका अबरोध गरेको भन्दै प्रहरीले नेकपा स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्य ,हितमान शाक्य ,अमृता थापालगायतका नेताहरू कलंकीबाट गिरफ्तार गरेको छ ।बन्द गराउन  कलकी क्षेत्रमा नेतृ शाक्य र अर्का नेता बेदुराम भुषाललाई नेकपाले जिम्मेबारी दिएको थियो । 
 बिहानैदेखि बन्द गराउँदै हिँडेका २७ जना प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरिरहेको छ । सोह्रखुट्टे क्षेत्रबाट १३ जना, महाराजगञ्जबाट १० र नयाँ बानेश्वरबाट ४ जना गरी जम्मा २७ जना पक्राउ परेका हुन् । नेकपाका युवा नेता दीपशिखाले गोंगबु क्षेत्रबाट पनि नेकपाका कार्यकर्ताहरु पक्राउ परेको बताएका छन् ।

उनले लेखेका छन्, ‘गोंगबु सामाखुसीबाट एकाबिहानै ओली सरकारले गिरफ्तार गरेका युवाहरू मिलन तमाङ,समीर तमाङ, रमेश तमाङ, राज कुमार तमाङ, राजेन्द्र पाण्डेलाई तत्काल रिहा गर्न माग गर्दछौं ।’ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बिहीबारका लागि घोषणा गरेको आमहड्तालमा प्रहरी प्रशासनले राजधानीमा सुरक्षा व्यवस्था कडा बनाएको छ ।

गृहमन्त्रालयले बुधबार नै विज्ञप्ति जारी गर्दै निर्वाधरुपमा यातायात–व्यवसाय सञ्चालन गर्न आग्रह गरेको थियो । आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवाहरुमा अवरोध नगर्ने प्रचण्ड–प्रचण्ड माधव पक्षले स्पष्ट पारेको छ ।