६ असार २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओली पक्षीय युवाहरुको मार्चपास केपी ओली आई लभ यू



अ+ अ-

काठमाडौ । २३ गतेको जनसभाको तयारी स्वरुप नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केपी शर्मा ओली पक्षका युवाहरुले काठमाडौँमा मार्चपास गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन, खेलकुद महासंघ, सम्पर्क मञ्चका समन्वय कमिटी र मदन भण्डारी स्पोर्टस् क्लवका युवाहरुले प्रदर्शनी मार्गबाट पुतलीसडक हुँदै कमलादीसम्म मार्चपास गरेका हुन् ।

नेकपाका केन्द्रीय कमिटी सदस्य महेश बस्नेतले २३ गतेको जनसभालाई स्वयंसेवकले सुरक्षा दिन सक्छ भन्ने सन्देश दिन मार्चपासको आयोजना गरिएको बताउनुभयो । २३ गतेको जनसभामा ३ लाख जनता उतार्ने उहाँको दाबी छ । मार्चपासमा युवाहरुले केपी ओली आई लभ यु, केपी ओली जिन्दावाद लगायतका नारा लगाएका पनि लगाएका थिए ।