२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेट्रोलियम अन्वेषण गर्ने उपकरण बोकेको ट्रक कर्णाली राजमार्गमा दुर्घटना



अ+ अ-

काठमाडौं । पेट्रोलियम अन्वेषणसम्बन्धी उपकरण बोकेको ट्रक कर्णाली राजमार्गको दैलेखमा पर्ने पालीमा दुर्घटना भएको छ । नेपालगञ्जबाट सुर्खेत हुँदै कर्णाली राजमार्ग भएर भैरवी गाउँपालिकाको जलजले आयोजनास्थलमा सामान लैजादै गरेको ट्रक दुर्घटनामा परेको हो ।

साँघुरो सडकमा ठूला मालवाहक सवारी लैजाँदा दुर्घटना भएको प्रहरीको भनाइ छ । आयोजनाले पनि ठूला उपकरण बोकेका ट्रक दैलेख पुग्न कठिन भएको जनाएको छ । कर्णाली राजमार्गको मोड साना भएकाले ठूला ट्रक पार गराउन समस्या छ ।

चीन सरकारको अनुदानमा सञ्चालित पेट्रोलियम अन्वेषण परियोजनाका लागि पहिलो चरणमा २२ वटा मालवाहक ट्रक भित्रिइसकेका छन्, १ सय २८ वटा ट्रक पुग्ने क्रममा छन् । तर सडक साघुरो हुँदा ती ट्रक अन्वेषणस्थल भैरवी गाउँपालिका–१ जलजले पुग्न समस्या भएको छ ।

२०७२ साल चैतमा नेपाल र चीनबीच पेट्रोलियम पर्दाथ अन्वेषण तथा उत्खननमा सहकार्य गर्ने सहमति भएको थियो । योसँगै २०७५ साल माघमा चीन र नेपालबीच परियोजना स्वीकृत गरिएको थियो । उपकरण आयोजना स्थल पुगेसँगै जमिनबाट ४ हजार ५ सय मिटरसम्म गहिराइमा पुगेर अन्वेषण गरिने भएको छ ।

ड्रिलिङको काम सकिएलगत्तै पेट्रोलियम खानीको अवस्था र उत्खनन् टुंगो लाग्नेछ । दैलेखका नाभिस्थान, श्रीस्थान, पादुकाका क्षेत्रलाई आधार मानेर ४ सय वर्गकिलोमिटर क्षेत्रफल समेट्ने गरी सर्वेक्षण गरिएको छ ।