१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात

सरकार ! हाम्रा छोरी चेलीले कतिञ्जेल अकालमै ज्यान गुमाउने ?

सरकार ! हाम्रा छोरी चेलीले कतिञ्जेल अकालमै ज्यान गुमाउने ?
अ अ+ अ-

काठमाडौं । यतिखेर देशबासीको मन भागरथी भट्टको तस्बिर देखेर निकै दुखेको छ । त्यो तस्बिरलाई अफ्नै छोरीको मुहार ठानेर हेर्ने हो भने जोसुकैको मन बुझ्दैन, अनुहार टोलाएको टोलायै हुन्छ । राजधानीबाट सयकोडौँ कोस परको यो जघन्य अपराधले यतिखेर राजधानीबासी मात्र देशैभरिको आमाबुबा विक्षिप्त बनेका छन् । मानिसलाई बोध भएको पीडाको मापन असाध्यै गाह्रो बन्दै गएको छ । बैतडीको दोगडकादार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्या भएको छ । उनको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ यद्यपि, प्रहरी अनुसन्धानमै छ । यस घटनाको थप अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी लागि परेको छ र आइतबार राति प्राप्त समाचार अनुसार प्रहरी घटनास्थलमा पुगेको छ । क्याम्पस गएकी उनी घर नफर्किएपछि खोजी गरिएको थियो र पछि घरबाट केही परको जंगलमा उनको शव भेटिएको थियो । घटनाको प्रकृति हेर्दा उनको बलात्कारपछि हत्या भएको जस्तो देखिएको छ । सायद प्रहरीको यो प्रारम्भिक अनुसन्धानमा सत्यता हुनसक्छ । तर यो घटनाले मानिसको पशुतुल्य र पाशबिक व्यवहारलाई फेरि एकपटक बाहिर ल्याइदिएको छ । यसले देशका समग्र जिउँदा मानिसहरुको मन आगोको ज्वालाले झैँ पोलेको छ । निर्मला पन्तको हत्याले हाम्रो मन यसैगरी पोलेको थियो ।

उनका हत्यारा अझै पनि पत्ता नलागेको भनिएको छ, बरु अनुसन्धानको दायरामा ल्याइएका प्रहरी समेतलाई सफाइ दिँदै फेरि शान्ति सुरक्षाको ड्युटीमा पठाइएको छ । सरकार हत्यारा पत्ता लगाउँछु भन्छ तर नागरिकमा आशाको त्यान्द्रो बाँकी देखिँदैन । निर्मलाका आमाबुबाका आँखा अझै ओभाएका छैनन् । बरु भगिरथीको यो हत्याले उनीहरुको पीडा थप एकपल्ट बल्झाएको होला । केही समय अघि सम्झना बिक यस्तै सानी नानीको पनि यस्तै पाशविक रुपमा हत्या भएको थियो । बलात्कृति भएर मारिएका यी कलिला नानीहरुका तस्बिरले मानिसभित्र कतिधेरै क्रुरता छ र त्यसले त्यो जिउँदै मानिसले गरेको हो कि होइन भन्ने कुरामा दुविधा गराएको छ । सन् २०१४ मा भारतको मुम्बईमा पनि यस्तै घटना भयो । साँझको समयमा रेलमा यात्रा गरेकी उनलाई छ जनाको समूहले बलात्कार गरे र सडकमा फालिदिए । त्यसपछि अस्पताल पुर्याइएकी उनको ज्यान गयो । यो घटनाले देशव्यापी आक्रोसको रुप लियो । सरकारको व्यापक आलोचना भयो र हत्यारालाई कारबाहीको माग भयो । त्यो घटनाले सारा भारतीयको शिर निहुरिएको सबै नागरिकले बताए ।

भारको संसदमै प्रधानमन्त्री मनमोहन सिंह पनि रोए । उनले हत्यारालाई कडाभन्दा कडा कारबाही हुने बताए र पछि मुत्युदण्डकै कारबाही समेत भयो । उनले सरकारले बलात्कारीलाई हदैसम्मको सजायँको कानुन ल्याउने बताए । कानुन ल्याए पनि । अहिले भारतमा हत्यारालाई मुत्युदण्डको कानुन छ । पहिलेका तुलनामा बलात्कारका घटनामा कमी आएको छ । तर हामीले यस्तो कहिले गर्ने हो ? हाम्रा छोरी चेलीले सुरक्षित जीवन बाँच्न पाउने कहिले हो ? बलात्कारीलाई भारतमा जस्तै झुण्डाएर मार्ने कानुन हामीले कहिले बनाउने हो ? के एकपछि अर्काेगर्दै यस्ता घटनामात्र बाहिर आउने र हत्यारालाई कारबाही गर्ने तथा छोरी चेलीको सुरक्षाको प्रबन्ध नगर्ने हो भने त्यसले हाम्रो समाजलाई कता लैजान्छ ? निर्मलाका हत्यारा अझै पनि खुलेआम हिँडेका होलान् । तिनलाई कारबाही गर्न नसकेर सरकारले देशव्यापी कोकोहोलो मच्चाएको सुन्ने, देख्ने धेरै छन् ।

सुदूरपश्चिमको यो घटना आज त्यहीँको बैतडीलाई थाहा नहुने कुरै भएन । ती हत्यारालाई कडा कारबाही हुन सकेको भए आज भगिरथी र सम्झनाहरुले यसरी अकालमै ज्यान गुमाउनुपर्ने थिएन । समाजमा भएको एउटा अपराधले अर्काे अपराध निम्त्याउँछ भनिएको छ । किनभने दण्डहीनताले मानिसको आपराधिक मानसिकतालाई उल्टै प्रश्रय दिन्छ । एउटा जघन्य अपराधीलाई कारबाही हुन नसकेको देखेको समाजभित्रैबाट अर्काे अपराध जन्मिने डर हुन्छ । यहाँ मौलाउँदो दण्डहीनताले यस्तै दुर्घटनालाई प्रश्रय दिइरहेको छ । फेरि पनि सरकारलाई उही पुरानै प्रश्न दोहोराउने बाहेक निहत्था नागरिकले त के नै गर्न सक्छन् र ? सरकार, हाम्रा छोरी चेलीले अझै कतिञ्जेल अकालमै ज्यान गुमाउनु पर्ने हो ?