११ असार २०८३, बिहीबार
,
Latest
गैरकानुनी रूपमा चिकित्सा अभ्यास गरेको आरोपमा पक्राउ नेपाली फुटबलमा फिफाको निलम्बनः सकारात्मक सम्बोधन नभए तदर्थ समिति बनाउने सरकारको तयारी सरकारले होल्डिङ सेन्टर छाड्न निर्देशन दिएपछि सुकुम्बासी भन्छन्, ‘अब कहाँ जाने थाहा छैन’ ‘सरकारको हस्तक्षेपपछि संकटमा नेपाली फुटबल’ फिफाद्वारा एन्फा निलम्बनः सरकारी हस्तक्षेप मुख्य कारण भएको प्रवक्ता साहको आरोप भेनेजुएला भूकम्प : कम्तीमा १६४ जनाको मृत्यु, ठूलो सङ्ख्यामा संरचनामा क्षति लागूऔषध कारोबारमा संलग्न पक्राउ रास्वपा महाधिवेशनः पदाधिकारीको मनोनयन साँझ ६ः३० बजेदेखि महाकाली तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह रास्वपा महाधिवेशन : पदाधिकारी चयनका लागि आज राति मतदान, कार्यतालिका फेरि संशोधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सत्ता गठबन्धनको आजै दोस्रो बैठक बस्ने, स्थानीय चुनावबारे बैठक सकारात्मक



अ+ अ-

काठमाडौं । आज (शनिबार) बिहान प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा संसदीयभन्दा पहिले नै स्थानीय चुनाव गराउनेबारे छलफल भएको छ ।

यद्यपि, चुनाव कहिले गर्ने भन्नेबारे भने टुंगो नलागेको नेताहरुले बताएका छन् । यसबारेमा आजै अपराह्न फेरि बैठक बसेर एउटा निष्कर्षमा पुगिने सत्ता गठबन्धनका नेताहरुले जानकारी दिए । 

नेपाली कांग्रेसभित्र नेताहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई चुनाव सार्न नहुने दबाब दिएका छन् । यस्तै माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादी अध्यक्ष माधव नेपाललाई समेत सहमति गराई समयमै चुनाव गर्नेगरी छलफल सकारात्मक ढंगले अघि बढेको बुझिएको छ ।