२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आईपीएलमा आज राजस्थान रोयल्स र दिल्ली क्यापिटल्स भिड्दै, यस्तो छ हेड-टु-हेड



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १७औँ संस्करणमा बिहीबार राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच भिडन्त हुँदैछ । जयपुरस्थित सवाई मानसिंह स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार बेलुकामो ७:४५ बजेबाट सुरु हुनेछ ।

जारी प्रतियोगितामा राजस्थान र दिल्ली दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । राजस्थान पहिलो खेलमा विजयी भएको थियो भने दिल्लीले पहिलो खेलमा हार बेहोरेको थियो । पहिलो खेलमा राजस्थानले लखनउ सुपर जाइन्ट्सलाई २० रनले हराएको थियो भने दिल्ली पञ्जाब किङ्ससँग चार विकेटले पराजित भएको थियो ।

हेड-टु-हेड

आईपीएलमा हालसम्म राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सबिच कुल २७ खेल खेलिएको छ । जसमा १४ खेलमा राजस्थान रोयल्स विजयी भएको छ भने १३ खेल दिल्ली क्यापिटल्सले जितेको छ ।

राजस्थानको घरेलु मैदानमा हालसम्म यी दुई टोलीबिच कुल ६ खेल खेलिएकोमा रोयल्सले चार खेलमा सफलता हात पारेको छ । बाँकी दुई खेलमा भने दिल्ली क्यापिटल्स विजयी भएको छ ।

पछिल्लो ६ वर्षयता भने राजस्थान रोयल्सले आफ्नो घरेलु मैदानमा दिल्लीलाई हराउन सकेको छैन । पछिल्लो पटक सन् २०१८ मा राजस्थानले जयपुरमा दिल्लीलाई हराएको थियो ।

आईपीएलको जारी सिजनमा संजु सामसन राजस्थान रोयल्सका लागि सर्वाधिक रन बनाउने खेलाडी हुन् । उनले लखनउ सुपर जाइन्ट्सविरुद्धको पहिलो खेलमा अविजित ८२ रन बनाएका थिए ।

यस्तै, राजस्थानका लागि ट्रेन्ट बोल्डले सर्वाधिक विकेट लिएका छन् । उनले पहिलो खेलमा दुई विकेट लिएका थिए ।

यस्तै, यस सिजनमा कुलदीप यादव दिल्ली क्यापिटल्सका लागि सर्वाधिक विकेट लिने खेलाडी हुन् । उनले आफ्नो पञ्जाबविरुद्धको खेलमा दुई विकेट लिएका थिए । कुलदीपसँगै खलिल अहमदले पनि दुई विकेट लिएका थिए ।

पहिलो खेलमा ब्याटिङमा भने कुनै पनि खेलाडी चल्न सकेका थिएनन् । दिल्लीका लागि साई होपले सर्वाधिक ३३ रन बनाएका थिए ।

वर्षाको सम्भावना न्यून

बिहीबार जयपुरमा चर्को गर्मी हुने देखिन्छ । मौसम विभागका अनुसार आज जयपुरमा वर्षाको कुनै सम्भावना छैन । बिहीबार जयपुरको तापक्रम २५ देखि ३९ डिग्री सेल्सियसको बिचमा रहने बताईएको छ ।

राजस्थान रोयल्सको सम्भावित प्लेईङ ११ :

संजु सामसन (कप्तान, विकेटकिपर), यशस्वी जैसवाल, जस बट्लर, रियान पराग, ध्रुव जुरेल, शिमरोन हेटमायर, रविचन्द्रन आश्विन, युजवेन्द्र चहल, ट्रेन्ट बोल्ट, नान्द्रे बर्गर र सन्दीप शर्मा ।

दिल्ली क्यापिटल्सको सम्भावित प्लेईङ ११:

ऋषभ पन्त (कप्तान/विकेटकिपर), डेभिड वार्नर, मिचेल मार्स, साई होप, रिकी भुई वा अविषेक पोरेल, अक्षर पटेल, सुमित कुमार वा ललित कुमार, कुलदीप यादव, खलिल अहमद, एनरिच नोर्जे र इशान्त शर्मा ।