२३ जेष्ठ २०८३, शनिबार
,
Latest
मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न… आज यी ३७ जिल्लामा अधिवेशन गर्दै रास्वपा जेन–जी आन्दोलन छानबिनः बालबालिकालाई ‘मानव ढाल’ बनाइयो-बम बनाउन सिकाइयो, प्रधानमन्त्रीसँग डराएका छैनौँ क्यान्सरलगायत औषधिको आपूर्ति सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मोहम्मद आमिरले टी–२० विश्वकपका लागि सन्यास फिर्ता लिए



अ+ अ-

एजेन्सी । पाकिस्तानका देब्रे हातका मध्यम गतिका बलर मोहम्मद आमिरले टी–२० विश्वकपका लागि सन्यास फिर्ता लिँदै टोलीमा फर्किएका छन् ।

आमिरले जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा सुरु हुने टी–२० विश्वकपका लागि आफूलाई उपलब्ध भएको घोषणा गरेका छन् ।

ट्विट गर्दै आमिरले आफूलाई पाकिस्तान क्रिकेट टोलीका लागि उपलब्ध भएको घोषणा गरेका हुन् । आमिरले २०१९ मा टेस्ट क्रिकेटबाट र डिसेम्बर २०२० मा सेतो बल क्रिकेटबाट सन्यासको घोषणा गरेका थिए ।

अर्कोतर्फ पाकिस्तानका स्पिन अलराउन्डर इमाद वासिम पनि दुई दिनअघि अर्थात मार्च २३ मा सन्यास फिर्ता लिएर फर्किएका छन् । ३५ वर्षीय खेलाडीले नोभेम्बर २०२३ मा सन्यास लिएका थिए ।

आमिरले पाकिस्तानका लागि ५० टी–२० अन्तर्राष्ट्रिय खेलमा ५९ विकेट लिएका छन् । जहाँ उनको उत्कृष्ट प्रदर्शन १३ रनमा ४ विकेट थियो । यसबाहेक उनले ३६ टेष्ट खेलमा ११९ विकेट लिएका छन् भने ६१ एकदिवसीय खेलमा ८१ विकेट लिएका छन् ।

 




भर्खरै