१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज प्रचण्ड-नेपाल पक्षको शक्ति प्रदर्शन



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले आज काठमाडौमा बृहत जनप्रदर्शनसहित विरोध सभा गर्दैछ । प्रतिनिधिसभा विघटनको विरोधमा आयोजित यो कार्यक्रमलाई सो पार्टीले आफ्नो शक्ति प्रदर्शनका रुपमा लिएको छ । सभामा दुई लाख मानिस सहभागी हुने नेकपा प्रचण्ड–माधव पक्षको भनाइ छ । शभामा सहभागि हुन बिभिन्न जिल्ला बाट आउने भएपछि त्यसलाई ब्यबस्थापन गर्न पूर्ब निर्धारित कार्यक्रम परिबर्तन गरी दुई स्थान बाट मात्र जुलुस निकालिने आयोजक समितिका सूर्य सुबेदीले जानकारी दिनुभयो ।  

सभालाई अध्यक्षद्वय  माधब कुमार नेपाल , पुष्पकमल दाहाल , बरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता तथा संर्घष समितिका संयोजक नारायणकाजी श्रेष्ठले सम्बोधन गर्नुहुने छ ।  सभामा सहभागीहरुलाई भाषण सुन्नका लागि ‘पुरानो बसपार्क, राष्ट्रिय सभागृह र भद्रकालीमा डिजिटल स्क्रिन समेत राखिने उहाले जानकारी दिनुभयो ।

यस अघि नौ गतेको शभाका कारण उपत्यकाको ट्राफिक ब्यबस्थापन अस्तब्यस्त बनेको भन्दै चौतर्फी आलोचना भएका कारण यस पटक ट्राफिसहजताका लागि समेत बिभिन्न बिकल्पमा छलफल भै रहेको पनि उहाले जानकारी दिनुभयो ।