९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु

लखनउलाई २० रनले हराउँदै आईपीएलमा राजस्थानको विजयी सुरुवात

लखनउलाई २० रनले हराउँदै आईपीएलमा राजस्थानको विजयी सुरुवात
अ अ+ अ-

काठमाडौँ । राजस्थान रोयल्सले जितसँगै आईपीएल २०२४ को सुरुवात गरेको छ । भर्खरै सम्पन्न खेलमा राजस्थानले लखनउ सुपर जायन्ट्सलाई २० रनले पराजित गर्यो ।

राजस्थानले दिएको १९४ रनको लक्ष्य पछ्याएको लखनउले २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रनमात्र बनायो । लखनउका लागि निकोलस पुरनले ६४ रनको अविजित पारी तथा केएल राहुलले ५८ रनको अर्धशतकीय पारी खेलेपनि टोलीको हार टार्न सकेनन् ।

दिपक हुडाले २६ रन जोड्दा लखनउका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । राजस्थानका लागि बलिङमा ट्रेन्ट बोल्टले २ तथा नान्दे बर्गर, आर अश्विन, युजवेन्द्र चहल र सन्दीप शर्माले १–१ विकेट लिए ।

त्यसअघि जयपुरमा टस जितेर ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन जोड्यो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ८२ रनको (नटआउट) योगदान दिए ।

५२ बल खेलेका उनले १५७.६९ को स्ट्राइक रेटमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै रियान परागले ४३, यशस्वी जैसवालले २४ तथा जोस बटलरले ११ रन जोड्दा ध्रुव जुरेल २० रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका नवीन उल हकले २ तथा मोहसिन खान र रवी बिश्नोईले १–१ विकेट लिए ।

अहिले गुजरात टाइटन्स र मुम्बई इन्डियन्सबीच अहमदाबादमा खेल भइरहेको छ । मुम्बईले टस जितेर पहिले बलिङ रोजेको छ । गुजरातले ब्याटिङ थालिरहेको छ ।