२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सञ्जुको सानदार ब्याटिङमा राजस्थानले दियो लखनउलाई १९४ रनको लक्ष्य



अ+ अ-

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)मा राजस्थान रोयल्सले लखनउ सुपर जायन्ट्सलाई १९४ रनको लक्ष्य दिएको छ ।

जयपुरमा जारी खेलमा टस जितेर ब्याटिङ थालेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाएर १९३ रन जोड्यो । राजस्थानका लागि कप्तान सञ्जु सामसनले ८२ रनको (नटआउट) योगदान दिए ।

५२ बल खेलेका उनले १५७.६९ को स्ट्राइक रेटमा ६ छक्का र ३ चौका प्रहार गरे । यस्तै रियान परागले ४३, यशस्वी जैसवालले २४ तथा जोस बटलरले ११ रन जोड्दा ध्रुव जुरेल २० रनमा अविजित रहे ।

बलिङतर्फ लखनउका नवीन उल हकले २ तथा मोहसिन खान र रवी बिश्नोईले १–१ विकेट लिए ।