२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजस्थानका यी खेलाडीले लखनउलाई हराउने क्षमता राख्छन्



अ+ अ-

एजेन्सी । आईपीएल २०२४ को चौथो खेल राजस्थान रोयल्स र लखनउ सुपर जायन्ट्सबीच हुँदैछ । जयपुरमा आयोजना हुने खेलमा राजस्थानले टस जितेर पहिले ब्याटिङ गर्ने भएको छ ।

सञ्जु सामसनको कप्तानीमा रहेको राजस्थानले गत सिजनमा राम्रो प्रदर्शन गरेको थियो । तर, टोली प्लेअफमा पुग्न सकेन ।

राजस्थानका तीन खेलाडी छन् जसले लखनउलाई हराउन सक्छन् । यशस्वी जैसवाल, शिमरोन हेटमायर र जोस बटलरले चमत्कार गर्न सक्छन् ।

यशस्वी जैसवाल
यशस्वी जैसवाल एक प्रतिभाशाली खेलाडी हुन् र उनले धेरै पटक बलियो प्रदर्शन गरिसकेका छन् । यशस्वीले गत सिजन १४ खेलमा ६२५ रन बनाएका थिए । यस अवधिमा उनले एक शतक र पाँच अर्धशतक बनाएका थिए । यशस्विको उत्कृष्ट स्कोर १२४ रन थियो । यसपटक उनले लखनउविरुद्ध चमत्कार गर्न सक्छन् । यदि यशस्वीको ब्याट चल्यो भयो भने बलरलाई समस्या पर्न सक्छ ।

जोस बटलर
जोस बटलर निकै अनुभवी खेलाडी हुन् । उनले आईपीएलका ९६ खेलमा ३२२३ रन बनाएका छन् । बटलरले यो अवधिमा ५ शतक र १९ अर्धशतक बनाएका छन् । बटलरले गत सिजन १४ खेलमा ३९२ रन बनाएका थिए । यस अवधिमा उनले ४ अर्धशतक बनाएका छन् । उनी लखनऊ सुपर जायन्ट्स विरुद्ध राम्रो प्रदर्शन गर्न सक्छन् ।

शिमरोन हेटमायर
शिमरोन हेटमायर आक्रामक ब्याटिङमा माहिर छन् । उनले अहिलेसम्म १४ खेलमा ३ सय रन बनाएका छन् । यस अवधिमा एक अर्धशतक बनाएका छन् । उनको उत्कृष्ट स्कोर नटआउट ५६ रन रहेको छ । हेटमायरले अहिलेसम्म ६० आईपीएल खेल खेलिसकेका छन् । यस अवधिमा ११३१ रन बनाएका छन् । उनले चार अर्धशतक बनाएका छन् ।