• ४ जेष्ठ २०८१, शुक्रबार
  •      Fri May 17 2024
  •   Unicode
Logo
Latest
★   मौद्रिक नीति समीक्षा : सवारी कर्जाको जोखिमभार घट्यो,घरजग्गा कर्जामा राष्ट्र बैंक लचक ★   कांग्रेसले तयारीका लागि समय मागेपछि संसद् बैठक बस्न ढिलाइ ★   प्रतिपक्ष दलको बैठक बानेश्वरमा सुरु ★   ‘पुजार सार्की’मा आर्यन: विगतभन्दा ‘टफ’ भूमिका, लुक्समा आफ्नै पिताको नक्कल ★   संसदभित्रै सांसदले सारी तानेपछि… ★   सदनको गतिरोध हटाउन सभामुख र प्रमुख सचेतकबिच छलफल जारी ★   घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार? ★   सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा ★   विपक्षी दलहरुको बैठकमा बोलाइएपछि माधव नेपाल संकटमा ! ★   कांग्रेसले बोलायो विपक्षी दलहरुको संयुक्त बैठक, माधव नेपाललाई पनि निम्तो

जयपुरमा दोस्रो पटक भिड्दैछन् विस्फोटक ब्याटिङ भएका राजस्थान र लखनउ



एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल)को १७ औं सिजन अन्तर्गत आज पनि डबल हेडर (एक दिनमा २ खेल) खेलाइनेछ ।

यो सिजनको दोस्रो डबल हेडर हो । दिनको पहिलो खेलमा राजस्थान रोयल्सले दिउँसो ३ः४५ बजे जयपुरस्थित सवाई मानसिंह रंगशालामा लखनउ सुपर जायन्ट्सको सामना गर्नेछ ।

यस्तै आज नै हुने दोस्रो खेलमा ५ पटकको च्याम्पियन मुम्बई इन्डियन्सले २०२२ को विजेता गुजरात टाइटन्सको सामना गर्नेछ ।

राजस्थान रोयल्सले लिग इतिहासमा पहिलो पटक २००८ मा उपाधि जितेको थियो । त्यसपछि टोलीले अर्को उपाधि जित्न सकेन । राजस्थान १४ सिजनमा दुई पटक फाइनलमा पुग्यो । जब टोली २०२२ मा फाइनलमा पुग्यो, उसले गुजरात टाइटन्सको सामना गर्यो । जसमा उसले ७ विकेटले हार बेहोरेको थियो ।

अर्कोतर्फ, यो लखनऊ सुपर जायन्ट्सको तेस्रो सिजन हो । टोलीले सन् २०२२ मा पहिलो पटक लिगमा भाग लिएको थियो । दुवै पटक टोली अंक तालिकाको शीर्ष ४ मा रहेर प्लेअफमा पुगेको थियो । तर दुवै पटक एलिमिनेटरमा पराजित भएपछि टोलीको यात्रा समाप्त भयो ।

राजस्थानका विस्फोटक ओपनर यशस्वी जैसवाल, जोस बटलर र कप्तान सञ्जु सामसनले टोलीको शीर्ष क्रमलाई बलियो बनाएका छन् । शुभम दुबे, रियान पराग र रोभमान पावेललाई थपेर मिडल अर्डरको बल पनि बढेको छ । यशस्वीले लखनउविरुद्धको २ खेलमा ८५ रन बनाएका छन् ।

राजस्थानको बलिङ पक्ष पनि उत्कृष्ट छ । नवदीप सैनी, कुलदीप सेन, ट्रेन्ट बोल्ट र आवेश खान जस्ता बलर छन् । पेसर बाहेक युजवेन्द्र चहल र रविचन्द्रन आश्विन जस्ता स्पिनर छन् । चहल लिगमै सर्वाधिक विकेट लिने खेलाडी हुन् । जबकि ट्रेन्ट बोल्टले लखनउ विरुद्धको ३ खेलमा मात्र ५ विकेट लिएका छन् ।

लखनउको ब्याटिङ पनि विस्फोटक छ
लखनऊको ब्याटिङ अर्डर पनि राजस्थानको जस्तै विस्फोटक छ, टोलीमा कप्तान केएल राहुलसँगै देवदत्त पडिक्कल, काइल मेयर्स, निकोलस पूरन र क्विन्टन डी कक जस्ता स्टारहरु छन् । राहुलले राजस्थानविरुद्ध १४ खेलमा ५७९ रन बनाएका छन् ।

लखनउको बलिङ पनि बलियो छ । रवि बिश्नोई, अमित मिश्रा र कृणाल पाण्ड्याजस्ता स्पिनरसँगै शमर जोसेफ, नवीन–उल–हक, मोहसिन खान र शिवम मावी जस्ता बलर पनि छन् । मिश्राको नाममा राजस्थानविरुद्ध ३० विकेट छ ।

हालसम्म राजस्थान र लखनउबीच आईपीएलमा ३ खेल मात्रै भएका छन् । राजस्थानले २ र लखनउले १ जित हात पारेको छ । यी दुई टोलीबीच अहिलेसम्म जयपुरमा एउटा खेल भएको छ । लखनउले यो खेल १० रनले जितेको थियो ।