९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज

अमेरिकामा हरेक दश जनामध्ये छ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा गरिन्छ

अमेरिकामा हरेक दश जनामध्ये छ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा गरिन्छ
सांकेतिक तस्बिर
अ अ+ अ-

एजेन्सी । संयुक्त राज्य अमेरिकामा गत वर्ष हरेक १० जना मध्ये छभन्दा बढी महिलाको गर्भपतन औषधिद्वारा गरिएको नयाँ अनुसन्धानले देखाएको छ । यो सन् २०२० को भन्दा ५३ प्रतिशत बढी रहेको तथ्याङ्कले देखाएको छ ।

गर्भपतन अधिकारका लागि काम गर्दै आएको अनुसन्धान समूह ‘गुटमाकर इन्स्टिच्युट’ले अमेरिकी सर्वोच्च अदालतले ‘रो भर्सेस वेड’ मुद्दालाई उल्ट्याएपछि सन् २०२३ सम्म करिब छ लाख ४२ हजार गर्भपतन औषधिको प्रयोगबाट भएको बताएको छ । सन् १९७३ मा अमेरिकी सर्वोच्च अदालतले वेडले गर्भावास्थालाई निरन्तरता दिने वा अन्त्य गर्ने निर्णय व्यक्तिको हो, सरकारको होइन भनेर फैसला सुनाएको थियो ।

मङ्गलबार जारी गरिएको यो तथ्याङ्कमा औपचारिक स्वास्थ्य सेवा प्रणालीमा हुने गर्भपतनको ६३ प्रतिशत गर्भपतन औषधिले गरेको देखिएको छ ।

उच्च अदालतले महिलाहरूले ‘मिफेप्रिस्टोन’को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो । अमेरिकामा सामान्यतया गर्भपतनका लागि ‘मिफेप्रिस्टोन’ बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ ।

अनुसन्धानकर्ता राचेल जोन्सले भन्नुभयो, “यो वृद्धि कुनै आश्चर्यको कुरा होइन ।”

इन्स्टिच्युटले गर्भपतन प्रदायकहरूलाई सम्पर्क गरेर सङ्कलन गरिएको तथ्याङ्क, स्वास्थ्य सेवा प्रणाली वा गर्भपतन प्रतिबन्ध भएका राज्यहरूमा मानिसहरूलाई पठाइएका गर्भपतन औषधिबाहेक हुने स्व–व्यवस्थित औषधि गर्भपतनलाई अध्ययनमा समावेश गरेको थिएन ।

अनुसन्धानमा संलग्न नभएका पिट्सबर्गका स्त्री रोग विज्ञ डा। ग्रेस फग्र्युुसनले भन्नुभयो, “‘रो भर्सेस वेड’को मुद्दाको फैसला र कोभिड–१९ महामारीपछि टेलिहेल्थमार्फत हुने औषधिद्वारा गरिने गर्भपतनको अनुमतिका लागि ‘वास्तवमा ढोका खुल्यो ।”

उहाँले भन्नुभयो, “औषधिको लागि सेवा मागको लागि बढेको मात्रा समायोजन गर्ने साँच्चै राम्रो तरिका टेलीहेल्थ हो । यो समयमा अमेरिकामा गर्भपतन कानुनी रुपमा रह्यो र अधिक प्रतिबन्धित राज्यहरूबाट यात्रा गर्ने मानिसहरूमा बृद्धि भएको देखियो ।

अमेरिकी ‘फूड एण्ड ड्रग एडमिनिस्ट्रेशन’ले मिफेप्रिस्टोनलाई अनुमोदन गरेदेखि औषधिद्वारा हुने गर्भपतन लगातार बढेको देखिन्छ ।

प्रोजेस्टेरोन ९महिलाको गर्भाधारण सुरक्षित० गर्ने हर्मोनलाई रोक्ने ‘मिफेप्रिस्टोन’ ले गर्भाशयलाई अर्को औषधि मिसोप्रोस्टोलको सङ्कुचन–कारण प्रभावबारे प्रतिक्रिया दिन पनि प्रोत्साहन गर्दछ । दश हप्ताको गर्भको माध्यमबाट गर्भावस्था समाप्त गर्न यी दुई औषधिको मात्रा प्रयोग गरिन्छ ।

सर्वोच्च अदालतमा पुगेको यो मुद्दाले गर्भपतन वैध रहेका अमेरिकी राज्यहरूमा पनि ‘मिफेप्रिस्टोन’ को पहुँच कटौती गर्न र अन्य प्रतिबन्धहरु लागू गर्न सक्छ ।