१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगलाई खुट्टा नकमाउन प्रचण्डको आग्रह



अ+ अ-

काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले निर्वाचन आयोगलाई खुट्टा नकमाउन आग्रह गरेका छन् । बुधबार काठमाडौंमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याउदैमा खुट्टा नकमाउन आग्रह गरेका हुन् ।

अध्यक्ष प्रचण्डले पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत आफूहरुसँग रहेकाले ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क भएको भन्दै उनले भने, संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ ।’

उनले प्रधानमन्त्रीले भनेअनुसार गर्न सजिलो नठान्न पनि निर्वाचन आयोगलाई सचेत गराए । ‘कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ’ प्रचण्डले भने ।