४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

होली शुरु भएको ‘प्रह्लादपुरी मन्दीर’मा पुग्दा

होली शुरु भएको ‘प्रह्लादपुरी मन्दीर’मा पुग्दा
अ+ अ-

फागु पूर्णिमा अर्थात रंगहरुको पर्व । संसारभरी छरिएर रहेका हिन्दु धर्मावलम्वीहरुले धुमधामका साथ होली पर्व मनाउने गर्छन ।

हिन्दुहरुले विभिन्न रंगहरुको प्रयोग गरि साथी भाई आफन्त, नातागोता र छरछिमेकीसंग मिलेर यो पर्व मनाउने कुरा धेरैलाई थाहा छ ।तर मुसलमान समुदायले पनि रंगहरुको पर्व होली मनाउँछन भन्ने सुन्दा म पनि छक्कै परें, जब म फागुनमा पाकिस्तानको मुल्तान शहरमा पुगें ।

नेपाल, भारत लगायतका हिन्दु धर्मावलम्वीहरुले विभिन्न रंगको प्रयोग गरि होली मनाएतापनि पाकिस्तानमा रहेका मुसलमान समुदायले भने पहेलो रंग मात्रै लगाएर होली मनाउने रहेछन भन्ने कुरा पनि त्यहाँ पुगेपछि थाहा पाएँ । कुनै पनि खुशियाली र शुभकार्यमा उनीहरु पहेंलो रंग प्रयोग गर्ने रहेछन् ।

अंग्रेजी महिना (यसै महिना) को मार्च १ देखि ३ तारीखसम्म पाकिस्तानको राजधानी इस्लामाबादमा पाकिस्तान क्लिनिकल अंकलोजी समाजको आयोजनामा हुन लागेको क्यान्सर सम्मेलनमा भाग लिन म पाकिस्तान जाने तयारीमा थिएँ । सार्क क्यान्सर विशेषज्ञहरुको महासंघ सार्क फेडरेशन अफ अंकोलाजिष्टको संस्थापक अध्यक्ष तथा संरक्षकको नाताले म त्यो सम्मेलनमा भाग लिन निम्तो थियो ।

इस्लामाबादको त्यो सम्मेलन शुरु हुनुभन्दा केही दिन अघि पाकिस्तानकै अर्काे मुल्तान शहरमा हुन लागेको निस्टर मेडिकल विश्वविद्यालयले २६ फेब्रुअरीदेखि आयोजना गरेको फोक्सोको क्यान्सरसम्वन्धि अर्काे सम्मेलनमा भाग लिन मुल्तान शहरमा गएँ ।

पाकिस्तानको राजधानी इस्लामाबाददेखि मुल्तान शहर करीव ५३७ किलोमिटर टाढा तर विकसित शहर रहेछ । सो शहर करीव ४ हजार वर्ष पुरानो रहेको थाहा पाँए । जहाँ, मुसलमानहरुको मस्जिद, इसाईहरुको चर्चको साथै हिन्दु र जैनहरुको लागि भिन्नाभिन्नै मन्दीर रहेछ । अर्थात भनौं त्यति पुरानो शहरमा सबै धर्मावलम्वीहरुका लागि समान रुपमा धार्मिक आस्थाका ठाउँहरु रहेछन ।

भारत अर्थात हिन्दुस्तानबाट बहुमत मुसलमान समुदाय छुट्टिएर अर्काे मुलुक पाकिस्तान बन्नुअघि हालको पाकिस्तानको मुल्तान शहरमा हिन्दु र मुसलमान राजाहरुले राज गरेका रहेछन् ।

नेपाल, भारत, पाकिस्तान, अफगानिस्तान देश बन्नुअघि त्यतिखेर भारत लगायत दक्षिण एशियाली मुलुकहरुलाई ‘भारत वर्ष’ मानिने गरिएको इतिहासमा पढ्न पाइन्छ । वास्तवमा होलीसंग सम्वन्धित कथा त अहिलेको पाकिस्तानको मुल्तान शहरमा रहेको ‘प्रह्लादपुरी मन्दीर’बाट शुरु भएको रहेछ ।

 

 

राक्षस राजा हिरण्यकश्यपुलाई मारेर प्रह्लादलाई राजा बनाएपछि त्यो दरवारलाई भक्त प्रह्लादको नामबाट ‘प्रह्लादपुरी मन्दीर’ बनाइएको रहेछ । भक्त प्रह्लाद तिनै राक्षस राजा हिरण्यकश्यपुका छोरा थिए ।

भगवानबाट वरदान पाएपछि उग्र बनेका हिरण्यकश्यपुलाई भगवान विष्ष्णुले नर र सिंहको ‘संयुक्त’ रुप धारण गरि आफ्नो काखमा राखेर आफ्नो हातका नङ्गले पेट चिरेर मारेको विष्णु पुराणमा पढ्न पाइन्छ ।

त्यसो त आगोमा नजल्ने वरदान पाएकी हिरण्यकश्यपुकी वहिनी होलिकाले विष्णुभक्त प्रह्लादलाई आगोमा जलाएर मार्न खोज्दा उल्टै होलिका जलेर भष्म भएकी हुनाले त्यसको खुशियालीमा होली पर्व मनाउन थालिएको मुख्य किंवदन्ती छ ।

पाकिस्तानका एकजना प्राध्यापकको सहयोगमा म त्यो मन्दीरको भग्नावशेष भएको ठाउँसम्म पुगें अनि नजिकै रहेकोे संग्रहालयमा गएर त्यसको भित्तामा सजाएर राखिएका भक्त प्रह्लाद, नरसिंह अवतार र हिरण्यकश्यपुको तस्वीरहरु हेरेर फोटो खिचें ।

भारतका अतिवादी हिन्दुहरुले सन् १९९२ मा दिल्लीको बाबरी मस्जिद तोडफोड गरेको बदलामा पाकिस्तानको मुल्तान शहरमा रहेको हिन्दु धर्मावलम्वीहरुको ऐतिहासिक र धार्मिक मन्दीर तोडफोड गरेको गरेपछि अहिले त्यो मन्दीर भग्नावशेष बनेको रहेछ । त्यसलाई जिर्णाेद्धार या पुननिर्माण गरिएको रहेनछ । पाकिस्तानको पुरात्व कार्यालयले त्यसको रेखदेख चाँहि गरेको रहेछ ।

(लेखक सार्क अर्वुद्धरोग विशेषज्ञ महासंघका संस्थापक अध्यक्ष-संरक्षक हुनुहुन्छ ।)

अनुवादक:  बलराम प्यासी