४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त

रोग, भोक र शाेक हुँदाहुँदै खुसी नेपाली

रोग, भोक र शाेक हुँदाहुँदै खुसी नेपाली
अ+ अ-

काठमाडौं । नेपालीहरु आफ्नो वा अरुको साना–तिना सफलतामा पनि खुसी हुन्छौं । आफ्नो दु:ख एकैछिन्मा बिर्सने बानी नेपालीको छ । त्यही कारण नेपाली विश्वमै खुसी हुने नागरिकको सूचीमा अगाडि नै छन् ।

विश्व खुसी प्रतिवेदनले नेपाल संसारको सबैभन्दा खुसी हुने देशको ९३औं स्थानमा रहेको देखाएको छ । विश्व खुसी प्रतिवेदन, २०२४ अनुसार एक सय ४३ देशमध्ये खुुसीको सूचाङ्कमा नेपालले ९३औं स्थान पाएको हो ।

खुुसी हुन अनेक बहाना चाहिन्छ । पहिलो त देशमा सुशासन कायम हुनुपर्छ । सुशासन कायम भए मात्र नागरिकमा खुसी छाउँछ । त्यसपछि शिक्षा, स्वास्थ्य र रोजगारीको अवस्था राम्रो हुनुपर्छ । आधारभूत आवश्यकता पूरा गर्न सहजै पाइने नागरिक पनि खुसी हुन्छन् ।
नेपालमा भने खासै यी कुरा छैनन् । तर पनि नागरिक खुसी नै छन् । किनकी नेपालमा स्वतन्त्रताको हक पूर्ण कार्यान्वयनमा छ ।

सामाजिक शान्ति र अमनचयन राम्रो छ । मीठो खान नपाए पनि नेपालीले एक गाँस दु:ख गरेर खाएका छन् । उनीहरुलाई यही नै खुसी हुन पर्याप्त देखिएको छ ।

प्रतिवेदनअनुसार उक्त सूचीको पहिलो स्थानमा फिनल्याण्ड छ । फिनल्याण्ड लगातार सात वर्षदेखि शीर्ष स्थानमा रहँदै आएको छ । फिनल्याण्डपछि प्रमुख दशमा डेनमार्क, आइसल्याण्ड, स्वीडेन, इजरायल, नेदरल्याण्ड, नर्वे, लक्जमवर्ग, स्वीजरल्याण्ड र अस्टे«लिया छन् । प्रतिवेदनले ३० वर्षमुनि उमेर समूहमा खुसी हुने स्थानमा भने नेपाल ९२औँ स्थानमा छ ।

मानिस खुसी भएमा उसमा आत्मबल बलियो हुन्छ । स्वास्थ्य समस्या पनि कम आउँछ । त्यसैले आत्मसम्मान पाउँछ । विश्वका धेरै मुलुकहरु समृद्ध भएर पनि त्यहाँका नागरिक खुसी हुन सकेका छैनन् । सामाजिक सद्भावको अभाव छ । धनसम्पत्ति भएर पनि स्वतन्त्रता छैन । सामाजिक हिंसा छ । कतिपय देश त युद्धको अवस्थामा छन् । यस्ता देशका नागरिक खुसी र सन्तु्ष्ट हुन सक्दैनन् ।

उक्त प्रतिवेदन गलुप, अक्सफोर्ड विश्वविद्यालय, वेलबिइङ रिसर्च सेन्टर, संयुक्त राष्ट्रसंघ दिगो विकास सोलुसन नेटवर्क र डब्लुएचआर्स एडिटोरियल बोर्डले प्रकाशन गरेको हो । मुख्यत जीवन मूल्याङ्कनका प्रश्न उत्तरलाई आधार मानी प्रतिवेदन तयार पारिएको जनाइएको छ । उत्तरदाताहरुलाई आफ्नो जीवनशैलीलाई राम्रोदेखि खराबसम्मको शून्यदेखि १० नम्बरबीच अङ्क दिने गरी प्रश्न सोधिएको थियो ।