काठमाडौ । प्रचण्ड–नेपाल समुहकी नेतृ रामकुमारी झाँक्रीलाई राज्यबिरुद्धको कसुर अन्तरगत प्रहरीले पक्राउ गरेको छ । झाँक्रीलाई शंखमुलस्थित घरबाट प्रहरीले पक्राउ गरेको हो ।
जिम्मेबार नागरिक भएका कारण राज्यको कानून मान्न तयार रहेको भन्दै गिरफ्तारी दिन बताए पछि प्रहरीले पक्राउ गरेको हो । प्रहरीले झाँक्रीलाई अपराध महाशाखा लगेको छ ।