१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता

तीनवटा सांस्कृतिक सम्पदा पुनस्थापनाका लागि भारतबाट १ करोड ४२ लाख आर्थिक सहयोग

तीनवटा सांस्कृतिक सम्पदा  पुनस्थापनाका  लागि भारतबाट १ करोड ४२ लाख आर्थिक सहयोग
अ अ+ अ-

काठमाडौं  । सेतो मच्छिन्द्रनाथ मन्दिरको संरक्षण र सबलीकरण, बुढानीलकण्ठमा धर्मशालाको निर्माण तथा कुमारी छेँ र कुमारी निवासको संरक्षण र विकास हेतु राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्व इकाई (भवन) का परियोजना निर्देशक तथा ठेकेदारहरुले आज तीनवटा ठेक्का सम्झौंतामा हस्ताक्षर गरेका छन् ।

भारतीय राजदूतावासको विकास साझेदारी एवम् पुनर्निर्माण विभागका प्रमुख, परियोजना परामर्शदाता (INTACH) केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) का अधिकारी तथा अन्य साझेदारहरुको उपस्थितिमा सो हस्ताक्षर सम्पन्न भएको हो ।

ललितपुरका मेयर, बुढानीलकण्ठ मन्दिरका मठाधीश, काठमाडौें वडा नम्बर न. २५ का वडा अध्यक्ष, परियोजना क्षेत्रका उपभोक्ता समितिका प्रतिनिधिहरूले पनि सम्झौता हस्ताक्षर समारोहमा उपस्थिति जनाएका थिए ।

भूकम्पपछिको संरक्षण तथा पुनस्र्थापनाका लागि भारत सरकारले नेपाल सरकारसँग गरेको सम्झौता अनुरुप निर्माण भइरहेका सांस्कृतिक सम्पदा भित्रकै यी तीन परियोजनाहरु हुन् । नेपालका आठ जिल्लामा २८ वटा सांस्कृतिक सम्पदाको पुनर्निर्माणका लागि भारत सरकारले प्रतिबद्घता गरेको ५० मिलियन अमेरिकी डलर अनुदान रकम प्रयोग गरी यी परियोजनाहरु कार्यान्वयन अवस्थामा छन्।

सेतो मच्छिन्द्रनाथ मन्दिर एक महत्वपूर्ण जीवित सम्पदा हो जुन काठमाडौंको जनबहालमा अवस्थित छ । काठमाडौं उपत्यकालाई रक्षा गर्ने प्रमुख मन्दिरहरुमध्येकै एक उक्त सेतो मच्छिन्द्रनाथ मन्दिरलाई हिन्दु र बौद्घ दुवै धर्मावलम्बीहरुले पूजा आराधना गर्दछन् । करिब नेरु. ६२.६ करोडको लागतमा मन्दिरको जीर्णोद्वार र सबलीकरण गरिनेछ । रत्नाकर महाविहार भित्र अवस्थित कुमारी छेँ पाटनकी जीवित देवीको ऐतिहासिक घर हो । कुमारी छेँ नेवार बौद्व समुदायको संस्कृति र परम्पराको केन्द्र हो र जीवित देवीसँग सम्बन्धित रितिरिवाजहरुमा कुमारी निवासको महत्वपूर्ण सम्बन्ध छ । कुमारी छेँ र कुमारी निवासको संरक्षण एवम्विकासका लागि करिब नेरु. ४५.६ करोड लाग्नेछ ।

दुई जीवित सांस्कृतिक सम्पदाको गौरवगाथा एवम् परम्पराको जर्गेना गर्दै सेतो मच्छिन्द्रनाथ मन्दिर, कुमारी छेँ र कुमारी निवासको संरक्षण नेपालको प्राचीन स्मारक संरक्षण ऐन अनुसार संरक्षण गरिनेछ । यी परियोजनाहरुको निर्माण तथा संरक्षण एवम् सबलीकरण कार्य निरीक्षणका लागि Indian National Trust for Art and Cultural Heritage (INTACH)लाई परियोजना व्यवस्थापन
परामर्शदाताको रुपमा चयन गरिएको छ । यी परियोजनाहरुको निर्माणमा INTACH ले नेपाल सरकारका अधिकारीहरुसँग मिलेर काम गर्नेछ ।

स्थानीय रुपमा नारायणथानको नामले परिचित बुढानीलकण्ठ मन्दिर भित्रकै परिसरमा धर्मशाला अवस्थित छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (भवन) यस परियोजनाको कार्यान्वयन निकाय हो । करिब नेरु. ३३.४ करोडको लागतमा सो धर्मशालाको निर्माण गरिनेछ । उक्त पवित्र मन्दिरमा पाल्नुहुने पर्यटक तथा तीर्थयात्रीका लागि सो धर्मशालाले सहजता प्रदान गर्ने अपेक्षा गरिएको छ । यसअघि सन् २०१९ नोभेम्बरमा भारतले यस बुढानीलकण्ठ मन्दिरका लागि करिब नेरु. २.१८ करोडमा मठाधीशको निर्माण गरेको थियो ।