४ आश्विन २०८१, शुक्रबार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

गुप्तचर संयन्त्र कमजोर भएको निष्कर्ष



अ+ अ-

काठमाडौं । राज्यका सूचना संयन्त्र अर्थात् गुप्तचर निकाय कमजोर हुँदा संघीय संसद् भवनमा आन्दोलनरत लघुवित्तपीडित प्रवेश गरेको छानबिन समितिले निष्कर्ष निकालेको छ ।

गत फागुन १४ गते नयाँबानेश्वरस्थित संसद् भवनमा लघुवित्तपीडित प्रवेश गरेको घटनाबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदनमा सूचना संयन्त्र कमजोर हुँदा घटना भएको उल्लेख गरिएको हो ।

समितिले जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन गर्ने संयन्त्र ‘चुस्त’ नबनाएको कारण घटना भएको निष्कर्ष निकालेको छ । प्रमुख जिल्ला अधिकारीले नेतृत्व गर्ने जिल्ला सुरक्षा समितिमा सबै सुरक्षा निकायको प्रतिनिधित्व हुन्छ । समितिको प्रतिवेदनमा भनिएको छ, ‘जिल्ला सुरक्षा समितिले सूचना सङ्कलन चुस्त बनाएको देखिएन ।’

स्थानीय प्रहरीको सहयोग नहुँदा पनि संसद् भवनको गेटमा खटिएका सीमित प्रहरीले ४ दर्जन प्रदर्शनकारीलाई रोक्न नसकेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनाली नेतृत्वको समितिले कमजोर ‘सूचना संयन्त्र’का कारण अति संवेदनशील क्षेत्रमा लघुवित्तका ऋणीहरू प्रवेश गर्न सफल भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको हो । समितिका सदस्यहरूले उपत्यका प्रहरी कार्यालयका एआईजी दीपक थापालाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।

समितिमा जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी नवराज अधिकारी र उपत्यका प्रहरी कार्यालयका डीएसपी दिनेश घिमिरे सदस्य थिए ।