२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar हुलाकलाई जनताको महत्वपूर्ण अंगका रूपमा विकास गर्छौंः सञ्चारमन्त्री तिमिल्सिना News Polar कोरियाका लागि प्रश्तावित राजदुत डा. श्रेष्ठको कार्ययोजनाः ‘कुटनीतिलाई आर्थिक समृद्धि र नागरिक सुरक्षासँग जोड्छु’ News Polar ओमानका लागि प्रस्तावित राजदूत राणाको कार्ययोजनाः श्रम, आर्थिक र जलवायु कुटनीति प्राथमिकतामा News Polar जनशक्ति, बजेट र प्रविधिको अभावका बीच हुलाक सेवालाई सुधार गरिरहेका छौँः महानिर्देशक पंगेनी News Polar चितवनमा स्क्रब टाइफसका सङ्क्रमित २३४ पुगे News Polar प्रचण्ड रसुवा–भोटेकोशी बाढीका मृतकको घेवामा सहभागी News Polar एमालेको राष्ट्रिय कार्यकर्ता भेला मङ्सिर २ र ३ गते News Polar मध्यपूर्वको द्वन्द्व र एआई लगानीबीच सन् २०२६ को विश्व आर्थिक वृद्धिदर ३.१ प्रतिशत पुग्ने आईएमएफको प्रक्षेपण News Polar रुस–युक्रेन ‘ऊर्जा युद्धविराम’: ट्रम्पको दाबी, जेलेन्स्की भन्छन्–‘मलाई जानकारी छैन’ News Polar बाढीमा सम्पर्कविहीन प्राधिकरणका कर्मचारी परिवारलाई राहत रकम दिन शुरु News Polar विपद् व्यवस्थापनमा तथ्य र तथ्याङ्कमा आधारित बलियो प्रणाली आवश्यकः ऊर्जामन्त्री श्रेष्ठ News Polar इजरायलको प्रविधिलाई नेपालको कृषि क्षेत्रमा भित्र्याउन ‘एग्रिकल्चर सेन्टर अफ एक्सिलेन्स’ स्थापना गर्न पहल गर्छुः कर्ण News Polar काठमाडौंका सडकमा रातभर रोड मार्किङ, मुख्य सडकको काम दशैँअघि सकिने News Polar विपद्लाई केन्द्रमा राखेर कानुन संशोधन र भूगोल सुहाउँदो विकास गर्नुपर्छः मन्त्री गौतम News Polar सरकारी सवारीसाधन दुरुपयोग गर्ने पक्राउ News Polar राजधानीमा नेपथ्य साँझ” कीर्तिपुरको मैदानबाट भाषा र भाका बचाउन आह्वान News Polar दशैँअघि नै सञ्चालनमा ल्याउने गरी आरुघाट पुलमा बेलिब्रिज जडानको काम सुरु News Polar सातै प्रदेशको सहभागितामा विपद् व्यवस्थापन कोष बनाउन मुख्यमन्त्री थापाको प्रस्ताव News Polar बुटवलमा चाडपर्वमा लक्षित नागरिक सहायता कक्ष सञ्चालन News Polar भोटेकोशी बाढीको पाठ : विपद् प्रतिकार्यमा पूर्वतयारी र समन्वयको महत्त्व

टोकियो ओलम्पिक कमिटिका अध्यक्षको राजीनामा नयाँ अध्यक्षमा  खावाबुची आउने, ओलम्पिक हुने नहुने अनिश्चित

टोकियो ओलम्पिक कमिटिका अध्यक्षको राजीनामा नयाँ अध्यक्षमा  खावाबुची आउने, ओलम्पिक हुने नहुने अनिश्चित
अ अ+ अ-

जापान । महिलाहरुका बिषयमा गरेको टिप्पणी बिबादित बनेपछि टोकियो ओलम्पिकका अध्यक्ष मोरीले आज राजीनामा दिने भएका छन । टोकियोको एक टेलिभिजन कार्यक्रमलाई अन्तर्वाता दिने क्रममा ‘धेरै महिलाहरु सदस्य भएको बोर्डले समय लिने’ भनी टिप्पणी गरेका थिए । यही टिप्पणी पछिको चौतर्फी आलोचित बनेका मोरीले उक्त टिप्पणीको जिम्मेवारी लिदै राजीनामा दिन लागेका हुन । आफुले गरेको टिप्पणी फिर्ता लिदै माफी मागे पनि आलोचना नरोकिए पछि उनले राजीनामा  गर्ने निर्णय गरेको जापान संचार माध्यमहरुले उल्लेख गरेका छन । 

मोरीले  राजीनामा दिने भएपछि खावाबुचीले टोकियो ओलम्पिकको नेतृत्वमा आउने भएका छन । मोरीले राजीनामा दिएपछि जुलाई महिनामा आयोजना गर्न लागिएको ओलम्पिक सम्पन्न गर्न कठिनाई उत्पन्न हुने बिश्लेशण हुन थालएको छ । ‘मोरीले राजीनामा दिए पछिको अवस्था धेरै कठिन हुनेछ’ जापानको चर्चित आर्थिक पत्रिका निक्केइले लेखेको छ ’ओलम्पिक आयोजनाको तयारी गर्नु पर्ने बेलामा नेतृत्वले राजीनामा दिनुले संसय उत्पन्न भएको छ ।’ 

जुलाईको ओलम्पिकलाई ख्यालमा राख्दै जापान सरकारले गत महिना टोकियो सहितका क्षेत्रमा आपतकाल घोषणा गर्दै एक महिना भित्र स्थितिलाई नियन्त्रणमा लिइने बताएको थियो तर स्थिति नियन्त्रणमा आउन नसके पछि फेब्रुअरी ७ सम्मका लागि घोषणा गरेको आपतकाल अर्को महिना सम्म लम्बाउने निर्णय गरेको थियो । कोरोनाका कारण आपतकालको समयाबधि थप् गर्दा जुलाइको ओलम्पिक समयमै सम्पन्न हुनेमा संसय पैदा भैरहेका बेला टोकियो ओलम्पिकका अध्यक्षले राजीनामा दिनु सुखद हुन नसक्ने जापानका संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

अर्को महिनाको ७ तारिख सम्मका लागि लम्बाइएको आपतकाल थप् लम्बिन सक्ने सरकारी अधिकारीहरुले संकेत गरिसकेका छन् । के यस्तो अवस्थामा पनि ओलम्पिक सम्पन्न होला त ? सबैको मनमा यही प्रश्न छ ।